कसेरीमामित्र मिलन सहकारीको सेवा केन्द्र शुभारम्भ

पोखरा, पुस २२ गते । मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाले कसेरीमा सेवा केन्द्र शुभारम्भ गरेको छ । नयाँबजारस्थित प्रधान कार्यालय रहेको सहकारीले आफ्नो पहिलो सेवा केन्द्र बुधबारबाट संचालनमा ल्याएको हो ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैन बहादुर अधिकारी क्षेत्रीले सेवा केन्द्रको उद्घाटन गरे । उद्घाटन गर्दै क्षेत्रीलेसेवा केन्द्रले कसेरीवासीलाई टेवा पुग्ने विश्वास ब्यक्त गरे । सहकारी नाफामुखी मात्रै भन्दा पनि स्थानीयहरुको जिवनस्तर उकास्ने कुरामा केन्द्रित हुनुपर्ने उनको भनाई थियो ।

 

‘सहकारीले नाफा कति भयो भन्नेमा मात्रै ध्यान राख्ने हैन । यहाँका स्थानीयहरुलाई उद्यमी बनाउन प्रेरीत गर्ने र जिवनस्तर उकास्ने खालका कार्यक्रमहरुमा पनि केन्द्रित हुनुपर्छ’ उनले भने ‘युवाहरुलाई विदेशिन रोक्न, व्यवसाय, स साना उद्योग, कृषीमा अभिप्रेरित गरि बचतको बानी विकास गर्न सहकारीको भूमिका रहनेछ भन्ने विश्वास छ ।’

 

राष्ट्रिय सहकारी बैंक पोखरा शाखा प्रमुख नरेश पाण्डेले सहकारी र बचतको महत्वबारे बोले । ‘हामीले सानैदेखि बचतको बानी विकास गर्नुपर्छ । फजुल खर्चहरुलाई घटाएर बचत गर्न सक्यौँ भनेभविष्यमा यसको अर्थ ठूलो हुन्छ । बचत गर्ने बानी बसालौँ’उनले भने ।

सहकारीका अध्यक्ष रमण पौडेललेस्थानीयसँगकै साझेदारीमा विभिन्न कार्यक्रमहरु ल्याइने बताए । बचत गर्न प्रेरित गर्दै उनलेकृषी, व्यवसाय लगायतका क्षेत्रमा सहज ऋण उपलब्ध गराउने बताए ।

 

सो अवसरमा बोल्दै मित्र मिलन पत्रकारिता पुरस्कारबाटपुरस्कृत पत्रकारअर्जुन गिरी, रञ्जन अधिकारी र बिमला भण्डारीले कसेरी सेवा केन्द्रको सफलताको शुभकामना दिए ।अध्यक्ष रमण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममासंस्थाका प्रमुख कार्यकारी अधिकृत किरण अधिकारीले स्वागत मन्तब्य राखे । सचिव कुशल पौडेलले कार्यक्रमसंचालन गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...