समृद्धिको आधार सहकारी–प्रदेश सभा सदस्य कोइराला

पोखरा, पुस २३ गते । गण्डकी प्रदेश सभा सदस्य एवम् सहकारी अभियन्ता प्रभा कोइरालाले मुलुकको समृद्धिको आधार सहकारी भएको बताउनु भएको छ ।बचत तथा ऋण सहकारीसंगको छाता संगठन जिल्ला सहकारी संघ कास्कीको २० औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै उहाँले कोभिड–१९ को कारण चलायमान हुन नसकेको सहकारीको पुंजीलाई उत्पादनसंग जोडनु पर्ने बताउनुभयो ।

?

सहकारी अभियानलाई सफल बनाउन सबै क्षेत्रको साथ र सहयोग आवश्यक पर्नेमा जोड दिंदंै यसलाई सरकार र जनताले चिनेको भएपनि कर्मचारी वर्गबाट थप सहयोग गर्नु पर्ने आवश्यकता औल्याउनुभयो ।“जनता र सहकारी बीच नङ र मासुको जस्तै सम्वन्ध रहेको छ”उहाँले भन्नुभयो,“सहकारीलाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक निती निर्माण गर्दै कार्यान्वय पक्षलाई शसक्त बनाउनु पर्ने आवश्यक छ ।”

जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले सहकारीको सफलतानै राष्ट्रको सफलता भएको बताउँदै त्यसका लागि सुशासन कायम गर्दै व्यवसायिकरण गरिनु पर्नेमा जोड दिनुभयो ।राष्ट्रिय सहकारी संघ (नेप्mस्कून) सञ्चालक कमलादेवी गिरीले सरकारले सहकारीलाई व्यवस्थित गर्नका लागि निर्माण गरिएका ऐन कानून कार्यान्वयन हुनु पर्नेमा जोड दिनुभयो ।

संघका निर्वतमा अध्यक्ष सुदिप ढकाल, पूर्व अध्यक्षहरु दामोदर चालिसे र भिम गुरुङले सहकारीमा नेतृत्व लिनु मात्र नभई केही गर्दछु भन्ने साहस हुनुपर्नेमा जोड दिंदै शेयर सदस्यको निगरानीसंगै आर्थिक पारदर्शिता आवश्यक रहेको बताउनुभयो ।संघका अध्यक्ष भेषराज बरालले सरकारले सहकारी संस्था बीच एकिकरण गरेर मजवूद बनाउने अभियान सञ्चालन गरेपनि कास्कीमा कानून विपरीत धमाधम नयाँ सहकारी संस्था दर्ता हुँदा अप्ठेरो परिस्थिती सिर्जना भएको धारणा राख्नुभयो ।

कोरोना भाईरसको संक्रमण रोगथामका लागि स्वास्थ्य मापदण्ड पालना गर्दै पुस २२ देखि २७ गतेसम्म चरणवद्धरुपमा सञ्चालन हुने सो साधारण सभा उद्घाटन समारोहमा संघका उपाध्यक्ष श्रीकान्त ढुङ्गाना, सचिव इश्वरप्रसाद सुवेदी, मिना रानाभाट लगायतले सहकारीले खेलेका भूमिका र महत्व माथि प्रकाश पार्नुभएको थियो । संघका कास्कीका २७९ संस्था आवद्ध रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...