गोल्डस्टारको नयाँ स्वरुम पृथ्वीचोकमा

 पोखरा ।गोल्डस्टारको नयाँ स्वरुम पृथ्वीचोकमा संचालनमा आएको छ । राजन केसी र स्वस्तिका केसीले उक्त स्वरुम संचालनमा ल्याएका हुन् । दुई वर्ष अघि सिदार्थचोकमा स्थापना गरिएको गोल्डस्टारको अपार सफलता पछि अब पृथ्वीचोकबाट समेत सेवा प्रवाह गरिने भएको हो । विहिबार चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मलेनमा स्वरुमको विषयमा जानकारी दिँदै संचालक राजन केसीले औपचारिक रुपमा यही पौष २६ गते उद्घाटन गरिने बताए । उदघाटनमा नेपाली चलचित्र क्षेत्रकी अभिनेत्री वर्षा राउत आउने कार्यक्रम तय भएको छ ।

केसीले ग्राहकको सहज सुविधाका लागि आफुहरुले गोल्डस्टारको नयाँ स्वरुम खोलिएको जानकारी गराए । एउटै छानामुनि गोल्डस्टारका सम्पूर्ण मोडलका जुत्ता बिक्रिवितरण गर्ने लक्ष्य केसीको छ । नेपालमै उत्पादन भएको गोल्डस्टारका जुत्ता पोखरामा सजिलै प्रवाह गर्ने उदेश्यस्वरुप नयाँ स्वरुम संचालनमा आएको हो ।

केसीले गोल्डस्टार सबै उमेरसमुहको रोजाई भएको बताए । बाहिर भन्दा गोल्डस्टारकै स्वरुमबाट जुत्ता खरिद गर्दा रकम सँगै गुणस्तरमा फरकपन आउने उनको भनाई छ । गोल्डस्टारको पोखरामा राम्रो मार्केट रहेको उनले जानकारी गराए । केसीले भने, ‘गोल्डस्टार जुत्ता पहिले एकै ठाउँमा पाइदैन्थ्यो । अहिले एकै ठाउँबाट ग्राहकले सेवा लिने अवसर पाएका छन् । त्यसैले पोखराको मार्केट राम्रो छ ।’
दैनिक ३५ देखि ४० जोडी जुत्ता बिक्रीवितरण हुने गरेको केसीले बताए । उनले स्वरुममा कम्पनीले नै तोकेको दररेटमा पनि १० प्रतिशत छुट दिएर सेवा दिइरहेको जानकारी गराए । उद्घाटनका अवसरमा पौष २६ देखि २८ गतेसम्म १५ प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए । ३५ देखि ४० लाख हाराहारी लगानीमा उक्त स्वरुम संचालनमा आएको हो ।

गोल्डस्टारका बजार प्रतिनिधि विनोद अधिकारीले गोल्डस्टारको स्थापना सन् १९७० मा भएको जानकारी गराए । उनले गोल्डस्टारको ३ सय ५० भन्दा बढी प्रकारका उत्पादन रहेको उल्लेख गरे । ३ सय ५० रुपैयाँ देखि २ हजार ५ सय रुपैयाँसम्मको गोल्डस्टार जुत्ता बजारमा पाइने अधिकारीले जानकारी गराए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...