संसद विघटन प्रधानमन्त्रीको कार्यकारी अधिकार ः अर्थमन्त्री गुरुङ

पोखरा, पुस २४ गते । गण्डकी प्रदेश सरकारका आर्थिक मार्मिला तथा योजनामन्त्री किरण गुरुङले प्रधानमन्त्रीले कार्यकारी अधिकार प्रयोग गरेर संसद विघटन गरेको बताउनु भएको छ । पोखरा उद्योग वाणिज्य संघको ३३ औ महाधिवेशनको शुक्रबार उद्घाटन कार्यक्रममा बोल्दै उहाँले बहुमत प्राप्त पार्टीको प्रधानमन्त्रीलाई आफनै पार्टीबाट काम गर्न नदिएपछि बाध्य भएर प्रधानमन्त्रीले कार्यकारी अधिकार प्रयोग गरेको दावी गर्नुभयो ।

 

उहाँले बहुमत प्राप्त प्रधानमन्त्रीले ताजा जनादेशमा जानु उचित भएको बताउदै भन्नुभयो,‘पाँच वर्षलाई निवाचित प्रधानमन्त्रीले काम गर्न नपाएपछि जनताको वीचमा जाने घोषणा गर्नु तानाशाही नभएर लोकतान्त्रिक हो ।’ उहाँले ती वर्षसम्म कानून निर्माण, संवैधानिक परिषद्मा न्यूक्ति गर्न नपाउने अवस्था सृजना गरेर आफनै पार्टीकाले नेताले अविस्वासको प्रस्ताव दर्ता गर्ने प्रयास गरेपछि प्रधानमन्त्री बाध्य भएर प्रतिनिधि सभा विघटनमा पुगेको बताउनुभयो । उहाँले संघीयता कार्यान्वयन हुने अवस्था नभएको बताउदै कानुन निर्माण नहुदाँ प्रदेश र स्थानीय तहहरुले समेत आफनो संवैधानिक अधिकार प्राप्त गर्न नसकेको बताउनुभयो ।

उहाँले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएको बताउदै भन्नुभयो, ‘कार्यकारी प्रमुखले काम गर्ने अवस्था नभएपछि उसले मध्यावधिमा जान पाउने संसारकै अभ्यास हो ।’ उहाँले मध्यावधि निर्वाचनमा जान नपाउने संविधानमा नलेखिएको बताउदै संसद विघटनले कानूनी मान्यता पाउने बताउनुभयो । अर्थमन्त्री गुरुङले बैशाखमा हुने निर्वाचनमा जनताको मन र मत जितेर आउन आग्रह गर्नुभयो । ‘जनता सार्वभौम हुन त्यसैले निर्वाचन घोषणाप्रति आपत्ती जनाउनुपर्ने कुनै कारण छैन् ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...