दारी ग्याङ पोखराको संयोजकमा पाण्डे र सहसंयोजकमा मिश्र

पोखरा । दारी ग्याङ पोखराको आज बसेको ४९ औं आधिकारिक बैठकले अभिमन्यु पाण्डेलाई संयोजक र बसन्त मिश्रलाई सह–संयोजकको रुपमा सर्वसम्मतिले जिम्मेवारी प्रदान गरेको छ ।

यसअघि शेखर गौतमले २ वर्ष र बसन्त पहारीले साढे २ वर्ष संयोजकको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसकेका छन् ।नव नियुक्त संयोजक र सह–संयोजकलाई दारी ग्याङ पोखराका पुर्वसंयोजक शेखर गौतम र निवर्तमान संयोजक बसन्त पहारीले खादा ओढाएर आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न शुभकामना व्यक्त गरेका थिए ।

 

नव नियुक्त संयोजक पाण्डेले सबै सदस्य साथीहरुको सहयोग लिएर अघि बढ्न सकिने बताउँदै दारी ग्याङको आधिकारिक कार्यालय खोल्ने, नवयुवालाई व्यापार, व्यवसायमा प्रोत्साहन गर्ने, तत्काल आपतकालिन सेवामा सदैव तत्पर रहने, समाजमा घटने नकारात्मक घटना, विसंगतिलाइ हटाउन सम्बन्धित निकायमा दबाब दिने लगायत आफ्ना भावी योजना प्रस्तुत गरेका थिए ।

 

दारी ग्याङ पोखराले फेवाताल सरसफाइ, आकस्मिक र नियमित रक्तदान, निम्न वर्गीय परिवारलाई स्वास्थ्य उपचार खर्च सहयोग, विपन्न परिवारलाई सहयोग, सडक तथा अनाथ बालबालिकालाई सहयोग, विद्यालयलाई ह्वाइट बोर्ड सहयोग लगायत उदारहणीय कार्यहरु गर्दै आएको छ । वि.स.२०७२ फाल्गुण ६ गते खोलिएको फेसबुक ग्रुपको सञ्जाल अहिले देश भर फैलिसकेको छ । सदस्य संख्या बढेसंगै फेसबुक ग्रुपमार्फत् सामाजिक रुपान्तरणका लागि अघि बढ्ने उद्देश्य राखेको दारी ग्याङ अहिले नेपालका ३० भन्दा बढी जिल्लामा सक्रिय छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...