सांसद पहारीको प्रश्न प्रधानमन्त्रीले मध्यवधि घोषणा गर्न नपाए सर्वोच्चका पूर्व कर्मचारीले पाउछन् ?

पोखरा, पुस २५ गते । गण्डकी प्रदेशका सांसद एवं युवा नेता राजीव पहारीले बहुमत प्राप्त प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन भन्नेहरु चोरलाई साँधु र साँधुलाई चोर बनाएकार रिटाएर भएका ब्यक्ति भएको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री केपी ओलिको कदम असंवैधानिक भएको भन्द्र सर्वोच्चका चार पूर्व न्यायाधिशले शुक्रबार विज्ञप्ति जारी गनुृभएको थियो । सांसद पहारीले गोरखामा आयोजित युवा संघको कार्यक्रममा बोल्दै उहाँले सर्वोच्च अदालतमा चोरलाई साधु साँधुलाई चोर बनाएर रिटाएर भएका केही ब्यक्तिले विज्ञप्ति निकाल्नु भएछ की प्रधानमन्त्रीलाई मध्यवधि निर्वाचन घोषणा गर्न पाउदै प्रधानमन्त्रीले गर्न नपाए सर्वोच्चका पूर्व कर्मचारीले पाउछ ? उहाँले प्रश्न गर्नुभयो । उहाँले पूर्वप्रधानन्याधिसलाई आफनौ औकाल र मानमा रहन सुझाव दिनुभयो ।

उहाँले पूर्वन्यायधिसले दिनलाई रात बनाउन खोज्जेको समेत आरोप लगाउनुभयो । पहारीले जसको नेतृत्वमा बहुमत आयो उहाँले भन्नुभयो, हातखुटटा बाँधेर काम गर्ने अवस्था रहेन त्यसै जनताको वीचमा जान्छु । झण्डै दुई तिहाईको प्रधानमन्त्रीले हाम्रा न्यायाधिश जनता हुन त्यो फैसला स्वीकार गर्न तयार छौ भनेर निर्वाचनको घोषणा गरेको बताउनुयभो । सर्र्वोेच्चका पूर्व ब्यक्तिहरुलाई भन्न चाहान्छु हाम्रा न्यायाधिश जनता हुन । स्याल हुइया मच्चाउन खोजिएको छ उहाँले भन्नुभयो, सधै पदमा बस्ने चाहनेहरुका कारण अहिलेका अवस्था सृजना भएको छ । उहाँले कसैमाथि जाई नलाग्नुस तर कसैले आइ लाग्छ भने तिन पुस्तालाई पुग्ने गरी जाई लाग्नुस त्यसको जिम्मा पार्टीले लिने बताउनुभयो । उहाँले सुर्य चिन्हमाथि आँखा नलगाउन समेत चेतावनी दिनुभयो । धेरै आँखा लगाए आँखाको ज्योति गुम्न सक्छ । त्यसैले सुर्य चिन्हमा आँखा नलगाउन आग्रह गर्नुभयो ।

 

उहाँले गोरखा जिल्ला नेकपाको लालकिल्ला हुने दावी गर्नुभयो । गोरखा जिल्ला लालकिल्ला हुने छ । बैशाखमा हुने निर्वाचनमा नेकपाको लालकिल्ला हुने छ उहाँले भन्नुभयो, पूर्वको झापाबाट हैन गोरखाबाट हुने छ । भदौमा आखाँ फुटेको गोरुले सधै हरियो देख्छ भने जस्तै सुर्यलाई हस्तकेलाले छेक्छु भन्ने दिवासपना हो हुने बताउनुभयो । उहाँले नेकपाको विजयलाई कसैले रोक्न सक्दैन् र केपी ओलीको नेतृत्वमा समृद्धिको यात्रा अगाडी बढने जिकीर गर्नुभयो । उहाँले निर्वाचनको तयारी सुरु भयो बताउदै त्यसको उदाहरण धनगढीलाई हेर्न सकिन्छ भन्नुभयो । जनता सबै हाम्रो पक्षमा छन् । ओलीको पक्षमा कोही छैन भन्नेले आफनो धोती तर्तेन अनुरोध गर्छु उहाँले भन्नुभयो, रौतहटमै हातल खराव भैसक्यो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...