गण्डकीमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

बागलुङ   कोरोना संक्रमणबाट बागलुङमा थप एक जनाको मृत्यु भएको छ ।धौलागिरि अस्प्तालमा उपचार गराईरहेका जैमिनी नगरपालिका—७ का ३७ वर्षीय पुरुषको  कोरोना संक्रमणबाट मृत्यु भएको धौलागिरि अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले बताए ।

गत पुस २१ गते उनी अस्पताल भर्ना भएका थिए । अस्पताल भर्ना भएपछि कोरोना परिक्षण गर्दा २३ गते उनको रिपोर्ट  कोरोना पोजेटिभ आएको थियो ।

अवस्था गम्भीर भएपछि उनलाई सोमबार आईसियु कक्षामा सारिएको थियो ।मंगलबार बिहान ७ः३० बजे नै उनको मृत्यु भएको गौतमले बताए ।

अस्पताल भर्ना हुँदा नै उनको शरिरमा अक्सिजनको मात्र कम रहेको बताईएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...