गल्फ प्रतियोगिताका विजेताले डेढ तोलाको सुनको गल्फ बल पुस्कार पाउने

पोखरा, पुस २८ गते । आमन्त्रण गल्फ प्रतियोगिताको चौथो संस्करण पोखरामा हुने भएको छ । आउदो df3 अन्तिम साता एनसेल बाह्रखरी गल्फ प्रतियोगिता पोखराको छिनेडाँडास्थित हिमालयन गल्फ कोर्षमा हुने भएको हो । आयोजक बाह्रखरीले मंगलबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी माघ २३ देखि २५ गतेसम्म आयोजना गर्ने तयारी गरेको जानकारी दिएको हो ।


प्रतियोगितामा ७२ कर्पोरेट गल्फरले १८ होलमा स्टेबल फोर्ड फम्र्याटमा प्रतिस्पर्धा गर्ने जानकारी आयोजक संस्था बाह्रखरीका सम्पादक प्रतिक प्रधानले जानकारी दिनुभयो । ोरोनाले पर्यटन क्षेत्रलाई आक्रान्त पारेको अवस्थामा पर्यटकीय राजधानी पोखराको पर्यटनमा नवीन ऊर्जा संचार गर्ने उद्देश्यले पोखरामा एनसेल बाह्रखरी फल्फ प्रतियोगिता गर्न लागिएको जानकारी सम्पादक प्रधानले दिनुभयो ।

प्रतियोगितामा देशका विभिन्न ठाँउ काठमाण्डौ, पोखरा, विराटनगर, वीरगञ्ज, चितवन, भैरहवा, नेपालगञ्ज र धनगढीका कर्पोरेट लिडर तथा गल्फ खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ । प्रतियोगिताको अल–राउण्ड विजयीले पुरस्कार स्वरुप सुनको गल्फ बल अर्थात बाह्रखरी गोल्डेन बल प्राप्त गर्नेछन् भने अन्य विजयीले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । गोल्डेन बल डेढ तोला बराबरको हुने सम्पादक प्रधानले बताउनुभयो ।

 

गल्फ प्रतियोगितामा गल्फ खेलाडीसहित दुई सय जनाको सहभागीता रहने बताइएको छ । पोखरामा आन्तरिक पर्यटन र पर्यटनलाई चलाएमान बनाउन विशेष जागरुकता फैलाउने उद्देश्यले माग २३ गते पोखरामा साइकल र्याली समेत गरिने भएको छ । गल्फरबाहेकका पाउनाका लागि अल्ट्रालाईट, प्याराग्लाईडिङ, जीप फ्लाईङ, बन्जी जम्पिङ, क्यानोनिङ, डुंगा शयरलगायतको व्यवस्था गरिएको आयोजकको भनाई छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...