स्थानीय उत्पादन विक्री गर्न कोसेली घर ः उपप्रमुख गुरुङ

पोखरा, पुस २८ गते ।पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले स्थानीय रुपमा उत्पादीत सामाग्रीहरु विक्री वितरणका लागि कोसेली घर स्थापना गर्ने योजनामा रहेको बताउनुभयो । महिला सीप विकास संस्थाले आयोजना गरेको च्याउ खेती तथा अर्गानिक मल उत्पादन सम्वन्धी दुई दिने तालिमको मंगलबार उद्घाटन गदै उहाँले महानगरभित्रका दिदिबहिनीहरुले उत्पादन गरेको सामाग्रीहरुको विक्रीका लागि महानगरले आफनै कोसेली घर स्थापना गर्न लागेको बताउनुभयो ।

हामीले गत वर्षनै कोसेली घर स्थापना गर्ने योजना बनाएका थियौ उहाँले भन्नुभयो, ‘तर कोरोना भाइरसको महामारीका कारण सुरुवात गर्न सकेनौ । महानगरका आफनै सटरमा कोसेली घर सञ्चालन गर्ने छौ ।’ स्थानीय रुपमा उत्पादीत सामाग्रीहरु कोसेली घरमा राख्ने र विक्री भएको पैशा उहाँहरुलाई नै दिने हो उहाँले भन्नुभयो, ‘कोसेली घर सञ्चालनसंगै स्थानीय रुपमा उत्पादित सामाग्रीका लागि बजारीकरण र दिदिबहिनीलाई आर्थिक रुपमा सहयोेग पुग्ने विश्वास गरेका छौ ।’ उहाँले तालिममा सिकेकका कुरालाई व्यवहारीक रुपमा कार्यान्वयन गदै व्यवसायीक बन्न सुझाव समेत दिनुभयो । महिलाहरु आर्थिक रुपमा सक्षम नहुदाँ घरपरिवारसंग हात थाप्नुपर्ने अवस्थामा रहेको बताउदै आर्यआर्जनका कार्यमा लाग्न आग्रह गदै महानगरपालिका दिदिबहिनीहरुलाई सहयोग गर्न तयार रहेको बताउनुभयो ।

 

महिला सीप विकास संस्थाका कार्यकारी निर्देशक रामकली खड्काले कोरोना भाइरसको संक्रमणका कारण धेरै दिदिबहिनीहरुको आर्यआर्जनमा प्रभाव पारेका कारण तालिम सञ्चालन गरेको बताउनुभयो । उहाँले सीप विकास कार्यालय जाल्पारोड र पोखरा २७ रिठठेपानीमा गरी ८० जना दिदीबहिनीलाई तालिम दिन लागेको बताउनुभयो ।

 

तालिमका प्रशिक्षक आनन्दशोभा ताम्राकारले थोरै समयमा उत्पादन गरेर आर्यआर्जन हुने बताउनुभयो । उहाँले गड्यौला मलको माग बजारमा बढि रहेको बताउनुभयो । कार्यक्रमको सञ्चालन विष्णु बरालले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...