चौबीस घण्टामा ४४५ जना सङ्क्रमित थपिए

काठमाडौं, पुस २९ गते । पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ४४५ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै ४१४ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६६ ह्जार १४३ जना भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ ।

यसै गरी हालसम्म दुई लाख ५९ हजार ७७२ जना सङ्क्रमित निको भएका छन् ।यस्तै पछिल्लो २४ घण्टामा कोरोनाका कारण ५ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या एक हजार ९३७ पुगेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...