पोखराका आठ पत्रकार पुरस्कृत हुने(कसकसले पाउदै छन कुन पुरस्कार)

पोखरा, पुस २९ गते । पोखराका आठ पत्रकार एउटै मञ्चमा पुरस्कृत हुने भएका छन् । नेपाल पत्रकार महासंघ कास्कीको साधारण सभामा विभिन्न पुरस्कारबाट आठ पत्रकार पुरस्कृत हुने भएका हुन् ।

माघ २ गते नेपाल पत्रकार महासंघ कास्कीको साधारण सभामा महासंघ कास्कीले सञ्चाल गदै आएको दयाशंकर पालिखे पत्रकारीता पुरस्कार २०७६ बाट पूर्व अध्यक्ष एवं केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, जगन्नाथ सिग्देल पत्रकारीता पुरस्कार २०७६ बाट पत्रकार अर्जुन गिरी, २०७७ बाट भीम थापा, मिना सृजनशिल पत्रकारीता पुरस्कार २०७६ बाट रोशनी गुरुङ, टंकादेवी तलुुसीप्रसाद पत्रकारीता पुरस्कार २०७६ बाट कमल पोडैल अर्थक, २०७७ बाट पत्रकार मोतिसागर अधिकारी पुरस्कृत हुने भएका छन् । त्यस्तै जगेन्द्र भण्डारी पत्रकारीता पुरस्कार २०७७ बाट पत्रकार भरत कोइरालालाई सम्मान गरिने भएको छ । त्यस्तै आर्थिक पत्रकारीता पुरस्कारबाट पत्रकार गोविन्द सुवेदी सम्मानित हुने भएका छन् ।

 

दयाशंकरको ५५ हजार ५ सय ५५ दोसल्ला र सम्मानपत्र रहेको छ । जगन्नाथ सिग्देल पुरस्कारको राशी ११ हजार १ सय ११ सम्मानपत्र र दोसल्ला रहेको छ । टंकादेवी तुलसी प्रसाद पुरस्कारको राशी २० हजार, दोसल्ला र सम्मानपत्र रहेको छ भने गगेन्द्र भण्डारी पुरस्कारको राशि २५ हजार, सम्मापत्र र दोसल्ला रहेको छ भन आर्थिक पत्रकारीता पुरस्कारको राशी १५ हजार रुपैयाँ सम्मानपत्र र दोसल्ला रहेको छ । यस्तै पोखरा पत्रकारीता संस्थागत सम्मान सूर्यप्रेम बहुदेश्यीय समाजसेवा ट्रष्टलार्य प्रदान गरिने भएको छ । पोखरा पत्रकारीता पुरस्कारको राशि नगद १ लाख र ताम्रपत्र र दोसल्ला रहेको छ ।

 

सबै पुरस्कारको बुधबार नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको नेपाल पत्रकार महासंघ कास्कीको कार्य समिति बैठकले अनुमोदन गरेको छ । गत वर्ष कोरोना भाइरस संक्रमणका कारण पुरस्कार वितरण गर्न नसकिएका कारण यस वर्ष साधारण सभामा गत वर्ष र यस वर्षको पुरस्कार वितरण गर्ने निर्णय गरिएको महासंघका सचिव रामप्रसाद तिमिल्सिनाले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...