पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु

काठमाडौ, पुस २९ गते । योनेक्स सनराईज १० औं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिता बुधबार सिरहाको गोलबजारमा सुरु भएको छ ।नेकपा निकट खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ तथा गोलबजार नगरपालिकाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको खेलकुद महासंघका संयोजक पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले एक कार्यक्रम विच उद्घाटन गरे । गोलबजार नगरपालिकाका मेयरको सभापतित्वमा भएको कार्यक्रममा सिराहा जिल्ला समन्वय समितिका संयोजक रामचन्द्र ठाकुर लगायत विभिन्न राजनैतिक ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

प्रतियोगितामा खेलाडी तर्फ राष्ट्रिय नम्बर १ खेलाडी रत्नजित तामाङ्ग र निर्णायकको तर्फबाट अन्तराष्ट्रिय निर्णायक एवं प्रतियोगिता रेफ्रि किरण कारञ्जितले प्रतियोतिको मर्यादालाई मध्यनजर राख्दै बिश्व ब्याडमिन्टन महासंघ, एशियाली ब्याडमिन्टन महासंघ र नेपाल ब्याडमिन्टन संघको नीति, नियम भित्र रहि सहभागी हुने र प्रतियोगिता खेल्ने खेलाउने प्रतिबद्धता जनाए ।

 

प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघ संग आवद्ध ४७ जिल्ला तथा तीन विभागिय टोलीका खेलाडीहरुले उपाधीका लागि प्रतिस्पर्धा गर्नेछन् ।प्रतियोगितामा पुरुष तर्फ राष्ट्रिय १६ ¥याङ्किङ्ग र महिला तर्फ राष्ट्रिय १२ ¥याङ्किङ्ग खेलाडीहरुको छुट्टै प्रतिपर्धा हुने छ । यस्तै त्यस देखि बाहेककाको पुरुष र महिल एकल तथा युगल, ब्वाईज र गल्र्स १७ तथा भेट्र«ान्स ४५ माथी गरि ९ विधामा प्रतिस्पर्धा हुने छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...