सेन्ट्रल गार्डनमा मेलबिन्स सप्ताह

पोखरा, पुस २९ गते । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले लायन्सका पिता मेलवन्स जोन्सको जन्मसप्ताह विविध कार्यक्रमका साथ मनाएको छ ।डिस्ट्रिकको निर्देशन अनुसार क्लबले जनवरी ७ देखि १३ तारिखसम्म विभिन्न कार्यक्रम आयोजना गरेर र सहभागिता जनाएर मेलबिन्स सप्ताह मनाएको हो ।


क्लबले सप्ताहको पहिलो कार्यक्रम अन्तर्गत जनवरी ७ देखि १३ गतेसम्म फेदीखोला गाउँपालिका भाटखोला स्याङ्जामा रहेको शारदा रमणीय डाँडा आधारभूत विद्यालयका विद्यार्थीलाई सात दिन, सातथरी दिवा खाजा खुवाएको छ ।दिवा खाजा कार्यक्रमको रकम ग्रहण गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष याम रानाभाटले क्लबले विगतमा विद्यालयका लागि सहयोग गरेको स्मरण गर्दै क्लबको साथ र सहयोगले विद्यालयका गतिविधिलाई उल्लेख्य टेवा पुगेको बताए ।

यसैगरी क्लबले दोस्रो कार्यक्रम जोन्सको जन्मसप्ताह अन्तर्गत जनवरी १० ताखिरदेखि पोखरा २२ का छात्रलाई ६ महिने आधारभूत र डिप्लोमा कम्प्युटर कोर्ष निःशुल्क पढाउन शुरु गरेको छ । यसका साथै क्लबले कविता प्रतियोगितामा पुरस्कार प्रायोजन, सेवामुलक कार्यक्रममा व्यानर सौजन्यलगायतका कार्यक्रम गरेको मेम्बरसीप चियरपर्सन तुल रानाभाटले जानकारी दिए ।

सप्ताहको अन्तिम दिनमा क्लबले पोखरा रामबजारमा रहेको भिजन बोर्डिङ स्कुलका विद्यार्थी र विद्यालयलाई स्टेशनरीलगायतका शैक्षिक सामग्री, मास्क, स्यानिटाइजर जस्ता सचेतना सामग्री हस्तान्तरण गरेको छ ।सहयोग ग्रहण गर्दै विद्यालयका प्रिन्सीपल तिलक थापाले बजारमा भए पनि सीमान्तकृत समुदायका बालबच्चा अध्ययन गर्ने भएकाले क्लबको सहयोगले विद्यार्थीलाई राहत मिल्ने धारणा राखे ।

क्लबका संस्थापक अध्यक्ष हरि भाटले क्लबले मेलविन्सको जन्म सप्ताह डिस्ट्रिकको नर्चर द फ्युचर उद्घोषमा केन्द्रित रहेर सामुदायिक र सीमान्तकृत विद्यार्थी लक्षित कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।क्लबका पूर्व अध्यक्ष कृष्ण रानाभाटले क्लबले मेलविन्सको जन्मसप्ताहमा क्लबले प्रभावकारी सातवटा कार्यक्रम सञ्चालन गर्नुका साथै एक दर्जन कार्यक्रममा सहभागी भएको स्मरण गरे ।

द्वितीय उपाध्यक्ष आनन्द पौडेलले मानव जीवनमा मान्छेलाई नेतृत्व विकास गराउन, आत्मियता बढाउन र व्यक्तिमा सामाजिक भावना बनाउन लायन्स क्लब कोशेढुङ्गा सावित भएको धारणा राखे ।क्लब अध्यक्ष असफल गौतमले लायन्स क्लबमा आवद्ध हुनु भनेको जीवन जिउने कला सिक्नु भएको बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...