व्यवसायीलाई कर्जाको साँवा र ब्याज ताकेता नगर्न बैंकरुलाई पोउवा संघको आग्रह 

पोखरा, पुस २९ गते  । पोखरा उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाले मौद्रिक नीतिले दिएको छुट कार्यान्वयमा नल्याएकोमा आपत्ति जनाएको छ ।

संघले कोभिड–१९ सँगैको लकडाउन,निषेधाज्ञाबाट उत्पन्न विषमतासँगैको नकारात्मक प्रभावबाट उद्योग÷व्यवसायलाई राहत प्रदान गर्न आर्थिक वर्ष २०७७÷०७८ को मौद्रिक नीतिमार्फत् घोषणा गरेका राहतका कार्यक्रम कार्यान्वयनको लागि पुनः निर्देशन दिन नेपाल राष्ट्र बैंकसँग आग्रह पनि गरेको छ । पुस मसान्तको अन्त्यमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले मौद्रिक नीतिको विपरित उद्योगी÷व्यवसायीसँग कर्जाको साँवा र ब्याज माग्न थालेपछि संघले सो माग गरेको हो ।

 

संघका महासचिव सुरेन्द्रमान विजुक्छेद्धारा जारी विज्ञप्तिमा कोभिड–१९ को प्रकोपबाट मुक्ति नपाएको र उद्योग÷व्यवसाय पूर्ववत् अवस्थामा नफर्कँदै बैंक तथा वित्तीय संस्थाहरुबाट भएका यस्ता गतिविधि तत्काल रोक्न माग गरिएको छ । ‘नेपाल राष्ट्र बैकले असल नियतले घोषणा गरेको कार्यक्रम कार्यान्वयनमा आउँदा हामीले सोचेजस्तो नभएकोमा हामी चिन्तित भएका छौँ, विज्ञप्तिमा भनिएको छ,‘ घोषित कार्यक्रमहरुको सहज कार्यान्वयनको सट्टा बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जाको साँवा र ब्याज चुक्ताको लागि गरिएको  तारन्तारको दवाव एवं घोषित कार्यक्रम अनुसारको छुट दिन भएको आनाकानीले हामी त्रसित भएका छौँ ।’

 

 विज्ञप्तिमा  व्यवसायीले पौष मसान्तमा भुक्तानी गर्नुपर्ने मूल्य अभिवृद्धि कर ( भ्याट), अन्तः शुल्कलगायतका करहरु तिर्ने समयसीमा कम्तिमा चैत मसान्तसम्म बढाउन पनि माग गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...