पोखरा विमानस्थल निर्माणको प्रगति सकरात्मक ः पर्यटनमन्त्री ढकाल

पोखरा, माघ १ गते । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले निर्माणाधिन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको अध्ययन भ्रमण गर्नुभएको छ । बुधबार भैरहवामा निर्माणाधिन लुम्विनि विमानस्थलको अध्ययन अवलोक पश्चात विहिबार सिधै पोखरा आउनु भएको हो । मन्त्रालयका सचिव यादवराज कोइराला, गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्साल, गण्डकी प्रदेश सांसद कृष्ण थापा सहित ढकाललेपोखरा विमानस्थलको अवलोकन गर्नुभएको हो । विमानस्थल निर्माणको प्रगति बारे आयोजना प्रमुखखइन्जिनियर विनेश मुनंकर्मीले व्रिफिङ गर्नुभएको थियो ।


पोखरा विमानस्थलको अवलोकनपछि बोल्दै मन्त्री ढकालले विमानस्थल निर्माणमा देखिएका समस्या समाधान गदै निर्धारित मितिमै सम्पन्न गर्ने योजना अनुसार आफु अवलोकनमा आएको बताउनुभयो ।‘ विमानस्थल निर्माणको प्रगति र निर्माणमा देखिएको समस्या र अवरोध बारे जानकारी लिदै समस्याको समाधान खोज्दै निर्धारित समयमै सम्पन्न गर्ने प्रयास गर्ने छौ ।’ मन्त्री ढकालले विमानस्थल निर्माणको प्रगति सकरात्मक रहेको बताउदै भन्नुभयो, समयमै सम्पन्न गरेर सञ्चालनमा ल्याउने गरी लागेका छौ । राज्यका कारणले निर्माणमा हुने समस्यालाई हटाउन पहल गर्ने छौ भन्नुभयो । समयमै सम्पन्न हुदैन की भनेर निरास हुने अवस्था छैन । काम उत्साहजनक छ उहाँले भन्नुभयो, ‘हदम्याद भित्र छौँ । लक्ष्य भेटने गरी जाने छौ अहिले समयमै हुदैन भन्ने नसोचौ ।’ उहाँले आफु निर्देशन दिन भन्दा पनि पढन र बुझन आएको बताउदै भन्नुभयो, ‘समयमै सम्पन्न होस । त्यो हुन नसकेपनि धेरै पछाडी नजाओस भन्ने उद्देश्यले आफु यहाँ आएको हुँ । यहाँको कामको प्रगति हेर्दा धेरै राम्रो देखियो ।’

पोखरा विमानस्थल आयोजना प्रमुख इन्जिनियर विनेश मुनंकर्मीले विमानस्थलको भौतिक प्रगति ७० प्रतिशत सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले विमानस्थलमा १४ वटा भवनको निर्माणको काम सम्पन्न पुरा भएको जानकारी दिनुभयो । धावनमार्ग (रनवे), आइसोलेसन पार्किङ, पहुच मार्ग, ह्याङगर, कार्गो भवन, आन्तरिक र बाह्य टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोल (एटीसी) भवनल टर्मिनल भवन, मुख्य प्रवेशद्वारको सडक ढलान, भवनमा पुग्ने सहायक सडक, कार पार्किङ ढलान, आइसोलेटेड पार्किङ, नाला, भवन लगायतका पूर्वाधार निर्माणका काम भै सकेको र अहिले फिनिसिङको काम भैरहेको बताउनुभयो । उहाँले भौतिक प्रगति ७० प्रतिशत र वित्तिय प्रगति वित्तिय प्रगती ५०.२७ प्रतिशत भएको बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...