डिपार्टमेण्ट स्टोरमा सामान्दा किन्दा आचार्यले पाए स्कुटर

पोखरा, माघ १ गते ।पोखराको लेकसाईड जरेवमा अवस्थित सुलभ उपभोक्ता सहकारी संस्था लिमिटेड द्धारा संचालित सुलभ डिपार्टमेण्टल स्टोर्सले ग्राकहरुलाई लक्षित गरि दशैं तिहार उपहार योजना लक्की ड्र मार्फत सार्वजनीक गरेको छ ।

प्रथम पुरस्कारमा टिभिएसको स्कुटर लेकसाइडका दिपक आचार्यले जितेका छन् । पोखरा महानगरपालिकाका मयेर मानबहादुर जिसीले कुपन निकाल्दा ७५७० कुपन निकालेका थिए । स्कुटर जितेका आयार्यलाई मेयर जिसी, सुलभ उपभोक्ता सहकारी संस्थाका अध्यक्ष गोपीबहादुर भट्टराई, उपाध्यष विप्लप पौडेल, पोखरा महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष जगत पहारी लगाएतले स्कुटर प्रदान गरे ।

त्यसै गरी द्धितिय पुरस्कार एलजिको वासिङ मेसिन कुपन नम्बर ६१२७ लाई परेको छ । त्यसै गरी तेस्रो पुरस्कार फ्रिज कुपन नम्बर २००८६ लाई परेको छ । चौथो पुरस्कार एलईडि टेलिभिजन कुपान नम्बर १८७५२ लाई, पाचौं पुरस्कार माईक्रो वेभ वभन कुपन नम्बर १४९९८ लाई परेको संस्थका सचिव लक्ष्मण बराले जानकारी दिए ।

त्यसै गरी सान्तोना पुरस्कार ५४२०, ३३७१, १२१२८, १४१३८, १२०३, २०९४९ कुपन नम्बरलाई परेको उनले जानकारी दिए । दशै तिहार बम्पर उपहार नतिजा घोषणा कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले सुलभले सुलभ मुल्यमा नै सामग्री विक्रि गरेकोमा खुसी व्यक्त गरे । उनले पर्यटकी क्षेत्रलाई लक्ष्त गरेर खुलेको सुलभ भएका कारण अझै आधुनीक बन्न सुझाब दिए ।

११ वर्ष अगाडि पोखराका पर्यटन व्यावासायीहरुको संयुक्त लगानिमा स्थापना भएको सुलभ डिपार्टमेन्ट स्टोर्सले होटल तथा रेष्टुरेण्ट र दैनिक आवस्यक पर्ने र सम्र्पुण घरयासी सामग्रीहरुको सुलभ मुल्यमा विक्रि गर्दै आएको छ । देशै, तिहार र छठ लगाएतका पर्वहरुलाई लक्ष्त गरेर सुलभ डिपार्टमेण्टल स्टोर्सले उपहार योजना ल्याएको थियो । प्रत्येक एक हजारको खरिदमा ग्राहकले एउटा उपहार कुपन प्राप्त गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...