कामचलाउ प्रवृतिले ठूलै जोखिम मोल्नुपर्ने खतरा आउनसक्ने प्रमुख जिसी

खरा । २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवशको अवसरमा पोखरा महानगरपालिकाले भूकम्प सुरक्षा सम्वन्धी अभिमुखिकरण सम्पन्न गरेको छ ।

महानगरले पोखराका विभिन्न क्याम्पसमा फाइनल बर्ष अध्यनरत ईञ्जिनियरहरु, पोखरा महानगरपालिकामा कार्यरत प्राविधिक एवम् विषयसम्बद्द शाखा महाशाखामा कार्यरत कर्मचारीहरुको उपस्थितीमा अभिमुखिकरण सम्पन्न गरेको हो ।

 

अभिमुखिकरण कार्यक्रममा बाेल्दै महानगर प्रमुख मान बहादुर जिसीले हाम्रो आफ्नै कामचलाउ काम गराईको प्रवृतिले कुनैदिन ठूलै जोखिम मोल्नुपर्ने खतरा आउनसक्ने भएकाले सचेत रहनुपर्ने आवश्यकता औल्याए । भूकम्पीय विपद् जुनसुकै बेला आउनसक्ने  भएकोले प्राविधिकहरुले अहिले नै अपग्रेटेड भएर बस्नुपर्ने जिसीको धारणा थियो । उनले भूकम्पका विषयमा सेवा प्रदायक निकाय सचेत र जानकार रहनसके मात्र सेवाग्राहीलाई सो अनुरुपको सेवा प्रदान गर्न सक्षम हुने भएकाले महानगरका प्राविधिकहरुलाई थप जिम्मेवार बन्न आग्रह गरे ।

कार्यक्रममा भूगर्वविद् डा‍. सोमनाथ सापकाेटाले भुकम्प र यसको जोखिम तथा सावधानीका उपायहरुका सम्वन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुत गर्दै सापकोटाले सरकारले देशैभर एकैप्रकारको विल्डिङ् काेड लागु गर्नु एक प्रकारको भूल भएको उल्लेख गरे ।

 

ताप्लेजुङ्को चट्टान र पोखरा वा काठमाडाैको माटो तथा भूबनाेट एकै प्रकारको नभएकाेले कहाँ कस्तो प्रकारको बनाेट रहेकाे छ सोहि अनुरुपको विल्डिङ् काेड लागु हुनुपर्ने बताए । उनले भूकम्प मापन र सचेतनामा नेपालले पछिल्ला दिनहरुमा उल्लेख्य प्रगति गरेको पनि उल्लेख गरे ।

 

‘बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने नाराका साथ माघ २ गते देशभर भूकम्प सुरक्षा दिवश मनाईएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...