व्यवसायीहरुलाई राज्यले नियन्त्रण हैन सहजीकरण गर्नुपर्छ

लेखनाथ, माघ ३ गते ।पोखरा उद्योग बाणिज्य संघको ३३ औं अधिवेशनवाट नवनिर्वाचित अध्यक्ष नारायण कोईरालाको टिमलाई सुक्रवार एक कार्यक्रमका विच लेखनाथ उद्योग बाणिज्य संघले वधाई तथा सम्मान गरेको छ ।

दुई सस्थाका विच आत्मीता र भाईचाराको सम्वन्ध विस्तारमा सहयोग पुग्ने उदे्रस्यले राखिएको कार्यक्रममा बोल्ने अधिकाम्स वक्ताहरुले विगतका वर्षहरुमा जस्तै अवका दिनमा पनि ब्यवसायिक हितका सवालमा दुई सस्थाविच सहकार्य र कार्यगत एकता हुने प्रतिवद्धता जनाईएको थियो ।

 

कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले राज्यले व्यवसायीहरुलाई नियन्त्रण मात्रै गर्ने कोशिस गरेको वताउँदै अब व्यवायीहरुलाई नियन्त्रण नभई सहजीकरण गर्नुपर्ने वताएका थिए । बैंकको नितिका कारण व्यवसायीहरु मारमा परेको र व्यवसाय नै धरापमा परेकोमा राज्यको ध्यान जानुपर्ने वताएका थिए ।

 

सोही अवसरमा पोखरा उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष नारायण कोईरालाले दुई सस्थाका विच एकताबद्ध भएर अगाडी वढ्ने उदेघोष गर्दै सरकारले ल्याएका निती नियमहरुलाई ब्यवासायीको हक हितका सवालमा भए सर्मथन र नभए सामुहिक रुपमा विरोध गर्नु पर्नेमा जोड दिदै अव ब्यवसायीहरु राजानितीक पुर्वाग्रह नराखी सामुहिक भावनाले अगाडी वढ्नु पर्ने सुझाव दिनु भएको थियो ।

 

यसैगरि नेपाल उद्योग बाणिज्य संघका केन्द्रिय सदस्य सदस्य तथा लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष वावुराम गिरीले हाम्रो अर्जुनदृष्टी कोरोना भाईरसका कारण धरासायीमा परेका उद्योगी ब्यवसायीहरुलाई माथी उठाउने योजनाका साथ अगाडी वढ्नु पर्नेमा जोड दिएका थिए ।

 

कार्यक्रममा महासंघका केन्द्रिय सदस्य तथा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारीले दुई सस्थाका विचको सम्वन्ध जसरी विगतका थियो त्यसैगरि आगामी दिनमा पनि अझ वढि प्रभावकारी तरिकाले अगाडी वढ्ने उद्घोष गरेका थिए ।

यस्तै संघका पुर्वअध्यक्ष एवं वरिष्ठ सल्लाहकार चतुराखर अधिकारीले सिंगो टिमलाइ स्वागत गर्न पाउँदा खुशी लागेको वताउँदै एकतामै वल रहेको र हामी÷ हाम्रो भन्ने सोचले नै अगाडी वढेका कारण नै लक्ष्यमा पुग्न सफल भएको वताएका थिए ।

लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको स्वागत तथा सम्मान कार्यक्रमको सञ्चालन संघका महासचिव गोपिचन्द्र बाँस्तोलाले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...