श्रमजीवी पत्रकार र कर्मचारी निष्कासन बन्द गर्न आग्रह

नेपाल पत्रकार महासंघ कास्कीको १५ औं साधारण सभाले नेपालमा कोरोनाविरुद्धको खोप आयसँगै सञ्चारकर्मीलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने माग गरेको छ । साधारण सभाले १० बुँदे घोषणा पत्र जारी गर्दै समाचार सम्प्रेसणका क्रममा ज्यानको जोखिम मोलेर अग्रपंतिमा खटिने सञ्चारकर्मी कोरोनाको उच्च मारमा रहेको जनाइएको छ । विश्वव्यापी रुपमा पैmलिएको कोरोना भाइरसका कारण विभिन्न सञ्चार संस्थाले श्रमजीवी पत्रकार र कर्मचारी निष्कासन गर्ने, बेतलवी बिदामा राख्ने र जागिर छाड्नका लागि मानसिक तनावसमेत दिएको पाइएकाले त्यस्ता गतिविधि तत्काल बन्द गर्न सम्बन्धित सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

महामारीको अवस्थामा पनि सरकार र सञ्चार संस्था जिम्मेवार बन्न नसकेको महसुस गर्दे थप जिम्मेवार र संवेदनशील बन्न आग्रह गर्दै घोषणापत्रमा श्रमजीवी पत्रकार ऐन व्यवहारिक कार्यान्वयनका लागि सशक्त भूमिका खेल्न नेपाल पत्रकार महासंघ केन्द्रलाई आग्रह गर्दे सञ्चारमाध्यमलाई जिम्मेवार बन्न अनुरोध गरिएको छ ।

प्रेससँग सम्बन्धित नीति निर्माण गर्दा संघीयताको मर्मअनुरुपको संरचना तयार गरिनुपर्नेमा जोड दिँदै महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार संकुचन हुने गरी कुनै पनि ऐन कानून र नियमावली नबनाउन तीनै तहका सरकारसँग आग्रहसमेत गरेको छ । महासंघले सुरु गरेको पत्रकार शुद्धीकरण कार्यलाई निष्कर्षमा पु¥याउनाका साथै क्रियाशील पत्रकारलाई सदस्यता वितरण गर्न माग गर्दै पारित प्रस्तावमा महासंघलाई व्यवहारिकरुपमा समावेशी बनाउनका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

पत्रकारिता पेसालाई मर्यादित, जवाफदेही र आकर्षणयुक्त बनाउन क्षमता अभिवृद्धिका योजना सञ्चालन गर्नुपर्नेमा पारित प्रस्तावमा जोड दिइएको छ । कोरोना संक्रमण कोभिड—१९ का कारण दिवंगत भएका श्रमजीवी पत्रकारसहित सम्पूर्णको आत्माको चिरशान्तिको कामना गर्दै उपचारारतको उचित व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ । पत्रकार महासंघ कास्कीका ३३ जना पत्रकारलाई कोरोना संक्रमण भएकामा सबै संक्रमणमुक्त भई कार्य क्षेत्रमा सक्रिय छन् । शाखामा हाल ३ सय जना सदस्य आबद्ध छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...