अरुणालाई पिपल्स च्वाईस अवार्ड  जिताउन दश लाखको भोटिङ

पोखरा, माघ ३ गते ।नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाईस अवार्ड जिताउन १३ लाख रुपैयाँ खर्च भएको छ । अरुणा शाही जिताऔँ अभियान सहयोगार्थ समितिले शनिबार आर्य व्यय सार्वजनीक गदै १६ लाख ७३ हजार ७ सय पाँच रुपैयाँ आम्दानी भएको र १३ लाख रुपैयाँ खर्च भएको जनाएको छ ।

सहयोग संकलनबाट २ लाख ९२ हजार रुपैयाँ बचत भएको छ । उक्त बचत रकम अरुणा शाहीलाई नै प्रदान गरिएको छ । सहयोग समितिले स्वदेश तथा विदेशबाट विभिन्न ब्यत्तिः, समहले १३ लाख ३९ हजार सहयोग गरेको बताइएको छ । । त्यस्तै सहयोग समितिले आयोजना गरेको भलिबल प्रतियोगिताको प्रवेश टिकटबाट २ लाख ५३ हजार संकलन गरेको थियो ।

त्यस्तै विभिन्न ब्यक्तिबाट प्रतिबद्धता गरिएको ८१ हजार ७०५ रुपैयाँ अझै उठन बाँकी रहेको सहयोग समितिका संयोजक एवं भलिबल संघका सल्लाहाकार नारायण शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार संकलन भएको मध्य १० लाख रुपैयाँ ई–सेवा मार्फत भोटिङमा खर्च भएको छ । २ लाख ७० हजार रुपैयाँ भलिबल प्रतियोगता व्यवस्थापनमा र ३० हजार अन्यमा खर्च भएको आर्य ब्यय सार्वजनीक गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...