प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेटमा बागमतीको जित

काठमाडौं, माघ ४ गते । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा बागमती प्रदेशले नेपाल पुलिस क्लबमाथि सात विकेटको जित हात पारेको छ । नेपाल पुलिसले प्रस्तुत गरेको ११२ रनको लक्ष्य बागमतीले मात्र तीन विकेटको क्षतिमा ११४ रन बनाएर पुरा गरेको हो ।


सामान्य लक्ष्य पछ्याउने क्रममा ३५ रनमै आकाश थापा, आदिल खान र पारस खडकाको रुपमा तीन विकेट गुमाएर कमजोर सुरुवात गरेको बागमतीको जितमा इशान पाण्डे र पृथु बाँस्कोटाले चौथो विकेटका लागि ७९ रनको साझेदारी गरेर जित सम्म पुर्याउनुभयो ।

 

पाण्डेले १७ तथा बाँस्कोटाले ४८ रनको उत्कृष्ट पारी खेल्नुभयो । नेपाल पुलिसका लागि दिपेन्द्रसिंह ऐरी र ललित राजवंशीले सामान एक एक विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको नेपाल पुलिसले २९ ओभर ३ बलमा मात्र १११ रनमा समेटिन पुग्यो । पुलिसका लागि दिपेन्द्र सिंह ऐरी र आरिफ शेषले सामान २१÷२१ रनको योगदान दिए । ओपनरद्वय सुनिल धमला र कुशल भुर्तेलले सामान १७÷१७ रनको योगदान दिए ।

पुलिसलाई सस्तोमै समेटन बागमतीका लागि तिलक भण्डारी र नन्दन यादबले सामान चार चार तथा राम नरेश गिरीले दुई विकेट लिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...