नयाँ सङ्क्रमित ३४८ जना थपिए

काठमाडौं, माघ ६ गते । नेपालमा कोरोना भाइरसका ३४८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा ४४१ जना सङ्क्रमित निको भएको उल्लेख गरेको छ । हालसम्म दुई लाख ६२ हजार २५९ जना सङ्क्रमित निको भइसकेका छन् ।

पछिल्लाे २४ घण्टामा नेपालमा चारहजार ९५६ जनाकाे अारती पीसीअार परीक्षणमा ३४८ जना सङ्क्रमित थपिएका हुन् ।हाल तीनहजार ७६४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट दुई लाख ६७ हजार ९९२ जना सङ्क्रमित भएका छन् ।

पछिल्लो चौबीस घण्टामा चार जना सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हालसम्म एक हजार ९६९ जना सङ्क्रमितको मृत्यु भइसकेको छ । हाल तीन हजार ७६४ जना आइसोलेशनमा र १९० जना क्वारेन्टिनमा छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...