एलिना गुरुङको पोखरामा कन्सर्ट, सहयोगको गुन राम्रा गीत प्रस्तुत गरेर तिर्नेछु

पोखरा, माघ ७ गते ।नेपाल टेलिभिजनबाट प्रसारण हुने गायन रियालिटी शो वाई वाई पहिलो नेपाल स्टारको फाइनालिष्ट पोखरेली चेली एलिनाको पोखरामा सांगितिक कार्यक्रम अर्थात कन्सर्ट सम्पन्न भएको छ।नेपाल स्टारको फाइनल प्रवेश पश्चात गृहनगर पोखरा आएकी एलिना गुरुङको स्वागत, सम्मानका साथै उपाधि जिताउनका लागि एलिना गुरुङ जिताऔं सहयोग समितिले मंगलवार पोखरा १२ चापापानीस्थित चिउली पार्चे तमु समाजमा स्वागतार्थ सांगितीक कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको हो।

पहिलो नेपाल स्टार फाइनलिस्ट एलिना गुरुङको सांगीतिक कार्यक्रममा एलिना सम्बद्ध पोखराको मुग्लान रेष्टुरेण्ट ब्याण्ड, हार्मोनी समुहका उषा गुरुङ, प्रिया गुरुङ, देवी गुरुङ, जेनिषा तामाङ, प्रकृति श्रेष्ठ, जोजिजु म्युजिक सेण्टरका बिनित जोजिजु, गायक सन्तोष बस्याल, नबिन गुरुङ, लोक गायिका ज्योति लोहनी गुरुङ लगायतले विभिन्न गायन प्रस्तुति गर्दै साथ दिएका थिए भने नृत्यतर्फ हिमाली साँस्कृतिक परिवार, तरेली साँस्कृतिक परिवार, ताङतिङ दुधपोखरी तमु समाज, भुजुङ युम्पो समाजका कलाकारहरु लगायतको साथ रहेको थियो।

 

कार्यक्रममा एलिनाले तृष्णा गुरुङको गाइने ए दाजैले… र सुकमित गुरुङको स्वरमा रहेकोरेलिमाई रेलिमाई गीत प्रस्तुति गरेकी थिइन्। गायन प्रस्तुति राख्दै एलिनाले आफुलाई नेपाल स्टारको फाइनलमा पुर्याउन सहयोग गर्ने समिति र सहयोगीहरुलाई हार्दिक धन्यवाद दिइन। पहिलो नेपाल स्टारको उपाधि दिलाउन आफुलाई फाइनलमा विगतमा भन्दा पनि अधिक भोट, साथ सहयोगको अनुरोध गरिन्। उनले आफ्नो जीत समग्र देश विदेशका शुभेच्छुक, शुभचिन्तक, सहयोगीका साथै समग्र पोखरेलीको जीत हुने दाबी गरिन्। सबैको साथ सहयोग र मायाले आफुलाई पहिलो नेपाल स्टारको विजेता बन्ने विश्वास व्यक्त गर्दै अहिलेको सहयोग गुन राम्रा राम्रा गित प्रस्तुत गरेर तिर्ने बताइन्।सहयोगी सबैलाई गर्व दिलाउने उनको भनाई थियो।

 

कार्यक्रममा एलिना गुरुङ जिताउ अभियान समितिका संयोजक मेनकाजी गुरुङले एलिना गुरुङले नेपाल स्टारको उत्कृष्ट ११ मा पुगेपछि मात्रै हामीले समिति गठन गरी अघि बढ्दा समितिको सपना साकार हुँदै गएको बताए।एलिनाले उपाधि जिती सकिन अब घोषणा हुन मात्र बाँकी रहेको उनको उद्घोष थियो। उनले थपे हामीलाई विश्वास छ, माघ १७ गतेको फाइनलमा पोखराले फेरि अर्को इतिहास कायम गर्नेछ, नेपालको पहिलो नेपाल स्टार एलिना गुरुङ घोषित हुनेछिन्।

समितिका संरक्षक तथा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमुले एलिनाको गीत संगीतप्रतिको लगाव, परिश्राम, प्रतिभाकै कारण फाइनलमा पुगेको र यो उचाईमा पुर्याउने सबैलाई धन्यवाद दिदै उपाधि दिलाउन अन्तिम पटक धेरै भन्दा धेरै भोट एवम सहयोग गर्न आग्रह गरे। एलिनाको जित सबै सहयोगी एवम पोखरेलीको जित, गीत संगीत र नेपाल स्टारकै उचाई बढ्ने, अन्तराष्ट्रिय हुने दावी गरे।रियालिटी शोमा पोखरा कहिल्यै हारेको छैन, अहिले पनि एलिनाले ताज पहिरिने विश्वास गरे।

ताङतिङ दुध पोखरी तमु समाजका अध्यक्ष सुवेदार मेजर हेमप्रसाद गुरुङले एलिना नेपाल स्टारको फाइनलमा पुगेर तमुहरुको छाती फराकिलो भएको उल्लेख गरे। उनले एलिनालाई भोटिङ मार्फत फाइनलमा पुर्याएका सम्पूर्ण नेपालीलाई धन्यवाद दिएका छन् ।उक्त कार्यक्रममा एलिनालाई उपाधि दिलाउन विभिन्न संघ संस्था र सहयोगीहरुले एलिना गुरुङ जिताऔं सहयोग समितिलाई आर्थिक सहयोग गरेका थिए।

 

कार्यक्रममा एलिनालाई बधाई, शुभकामना सहित कार्यक्रममा गण्डकी प्रदेशका सांसद इन्द्रधारा बिष्ट, समितिका संयोजक मेनकाजी गुरुङ, तमु धिंका अध्यक्ष हुम गुरुङ, हार्मोनीकी अध्यक्ष इतु जोजिजु, वरिष्ठ लोक गायक पदमराज ढकाल, लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङ लगायत विभिन्न संघ संस्था, समाज, समुहबाट सम्मान एवम आर्शिवाद प्रदान गरेका थिए। उक्त कार्यक्रममा सहयोग समितिकी सचिव रोशनी गुरुङ, आर्थिक संयोजक कुमारी गुरुङले पनि एलिनालाई उपाधि दिलाउन आव्हान गरेकी थिइन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...