न्याय सम्पादनमा अब्बल पोखरा महानगर न्यायिक समिती ः उपसभामुख शर्मा

पोखरा, माघ ९ गते । गण्डकी प्रदेशका उपसभामुख सृजना शर्माले न्यायिक समितिले प्रभावकारी काम गरिरहेको बताउनुभएको छ । पोखरा महानगरपालिकाको आयोजना कास्कीका पाँचवटै स्थानीय तहका न्यायिक समितिले सम्पादन गरेका कार्यहरु, अभ्यास यसमा देखिएका कठिनाई, अवसर र चुनौती विषयक कार्यशालामा बोल्दै उहाँले स्थानीय तहमा न्यायिक समितिको व्यवस्थाले नागरिकलाई सहज भएको बताउनुभयो । समाजमा हुने विवादलाई स्थानीय तहमै समाधान गरेर समतामुलक समाज निर्माणमा भुमिका खेलेको बताउनुभयो ।

न्यायमा नेपाली जनताको पहुँच महङगो बन्दै गएका बेला संविधानले स्थानीय तहमा न्यायिक समितिको परिकल्पना गरेर विवादमुक्त समाज निर्माणमा सहजता प्रदान गरेको बताउनुभयो । न्याय सम्पादमा पोखरा महानगरपालिका अब्बल देखिएको उपसभामुख शर्माको भनाई थियो । उहाँले पोखरा महानगरपालिकाको न्यायिक समिति उत्कृष्ट र नमुना बनेको दावी समेत गर्नुभयो । आफैले मतदान गरेका जनप्रतिनिधिसंग नागरिकले आफना समस्या, विवादहरु आफैले राख्न पाउने भएकाले आर्थिक भार समेत कम हुने बताउदै उहाँले न्यायिक समितिको पहिलो र नौले अभ्यास भएकाले यसलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको संविधानले महिलाहरुलाई अधिकार सम्पन्न बनाएको बताउदै राज्यका प्रमुख पदमा महिलालाई स्थापित गएको बताउनुभयो ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरको न्यायिक समिति न्याय सम्पादनमा उत्कृष्ट रहेको बताउदै न्याय सम्पादनमा भएका राम्रा कार्यहरु, कठिनाई र समस्याका बारेमा अनुभव आदान प्रदान गर्ने कार्यले थप प्रभावकारी हुने बताउनुभयो । उहाँले नागरिकलाई सहज र सरल रुपमा न्याय सम्पादनमा न्यायिक समिति प्रभावकारी बनेको बताउनुभयो ।


जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सावित्री भण्डारीले न्यायिक सम्पादन जस्तो जटि काम अहिले स्थानीय तहहरुमा महिलाहरुले सहज रुपमा सम्पादन गरेको बताउनुभयो । संविधानले महिलालाई धेरै अधिकार प्रत्योजन गरेको र त्यही अधिकारलाई स्थापित गराउन स्थानीय तहमा महिलाको प्रतिनिधित्व रहेको बताउनुभयो । महानगरका प्रमुख प्रशासकीय अधृकति महेश बरालले विवादको समाधान सहज र सरल रुपमा गर्नसके नागरिकले यसको प्रभावकारीता र स्थानीय सरकारको अनुभुति गर्ने बताउनुभयो ।

 

कार्यक्रममा महानगरका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङ र समिति सदस्य किशोर बरालले महानगरले तीन वर्षमा निरुपण तथा मेलमिलाप गराएका विवाद र अनुभव बारे प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा सहजीकणको भुमिका अधिवक्ता गिरधारीले गर्नुभएको थियो । कार्यक्रममा रुपागाँउपालिका, मादीगाँउपालिका, अन्नपूर्ण गाँउपालिका, माछापुच्छे गाँउपालिका उपप्रमुख, न्यायिक समितिसंग सम्वन्धित कर्मचारीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन महानगरका कानुन अधिकृत एवं अभिलेख संरक्षक राममणी अधिकारले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...