वरिष्ट नेताको पदलोलुपताले पार्टीमा फुट ःमुख्यमन्त्री गुरुङ

पोखरा, माघ ९ गते ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेताहरुको सत्तामोह र पदलोलुपताले पार्टी विभाजन भएको आरोप लगाउनु भएको छ । नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) क्षेत्र नम्वर ३ अन्र्तगत पर्ने पोखरा महानगरभित्रका वडाका अगुवा कार्यकता भेलालाई सम्वोधन गदै उहाँले भन्नुभयो,‘वरिष्ट नेताको पदलोलुपता र अर्का अध्यक्षको जंगली महत्वकायांक्षाले नेकपामा संकट उत्पन्न भएको हो ।’

 

उहाँले अध्यक्ष बन्न महाविधेशन र प्रधानमन्त्री बन्न पाँच वर्ष पर्खन नसक्ने नेताहरुको ब्यक्तिगत स्वार्थका कारण नेकपा फुटेको बताउनुभयो । विधि र विधानका कुरा गर्नेहरु पार्टी अध्यक्ष हुन महाविधेशन र प्रधानमन्त्रीका लागि निर्वाचन पर्खन नसक्ने उहाँले भन्नुभयो, ‘विधि, विधान नमान्ने अवस्थाले पार्टी फुटको अवस्थामा पुगेको हो ।’ मुख्यमन्त्री गुरुङले नेकपाको एकतापछि पटकपटक समस्या उत्पन्न भएको बताउदै भन्नुभयो, ‘विगतका समस्या समाधानमा सफल भएपनि यस पटक पार्टीलाई फुटबाट बचाउन सकिएन् । माधव नेपाललाई झगडा नगर्नुस तेश्रो बरियताको अध्यक्ष बन्नुस र महाधिवेशनपछि नेतृत्व लिनुस भन्दा मान्नुभएन् ।’ उहाँले माधव नेपालले १५ वर्ष पार्टीमा नेतृत्वमा गरेको बताउदै केपी ओलीले एक पटक नेतृत्व लिदाँ हाताहाती र नगदी चाहिने भन्नुभयो ।


नेकपा गण्डकी प्रदेशका सहइन्चार्ज खगराज अधिकारीले ब्यक्तिका नभई विचारका आधारमा केपी ओलीको पक्षमा लागेको बताउनुभयो । उहाँले आफुहरु कुनै ब्यक्ति नभई विचारका पछाडी लागेको बताउदै कार्यकतालाई कसैको पछि नलाग्न र विचारको आधारमा समर्थन गर्न आग्रह गर्नुभयो । अधिकारीले ब्यक्तिबादी हुदाँ पार्टी सकटमा परेको बताउदै असरल विचार बोकेका कारण ओलीको पक्षमा जनता लागेको बताउनुभयो ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य जगतबहादुर विश्कर्मा, केन्द्रीय सदस्य कृष्ण थापा, राजीव पहारी, मित्रकुमारी सुवेदी, गण्डकी प्रदेश सचिव गोविन्द नेपाली लगायतले आफनो भनाई राख्दै संसद पूर्नस्थापना नहुने भन्दै निर्वाचनमा केन्द्रीत हुन आग्रह गर्नुभयो । कार्यक्रम पोखरा महानगर कमिटिका अध्यक्ष दिपक पौडेलको अध्यक्षतामा भएको थियो भने स्वागत नेकपा पोखरा १८ का अध्यक्ष पुस्कल थापाले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...