गण्डकी प्रदेश अन्तर्गतका प्रहरी गतिविधि तथा घटनाहरू  

तनहुँ : सवारी दुर्घटना

मिति २०७७।१०।१० गते, अन्दाजी ०७:३० बजे, जिल्ला तनहुँ व्यास नगरपालिका-१० डिगाँउस्थित भित्री सडक खण्डमा डिगाँउबाट दमौलीतर्फ आउँदै गरेको ग१९प १५१६ नं.को मोटरसाइकलले सोही स्थान बस्ने वर्ष ७० की लक्ष्मी दराईलाई ठक्कर दिदा घाइते भई उपचारको लागि मणिपाल अस्पताल पोखरापठाइएको, अवस्था मध्यम, उक्त स्थानमा प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

स्याङजा : आगलागी

मिति २०७७।१०।१० गते, अन्दाजी १२:३० बजे, जिल्ला स्याङ्जा वालिङ नगरपालिका-१० भकुण्डेमा टिकाराम पाण्डेले सञ्चालन गरेको सिरक डसना उद्योगमा विद्युट सर्ट भई आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई स्थानीयहरूको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको, उक्त उद्योगमा रहेको सम्पूर्ण सामानहरू जली नष्ट भएको, अन्दाजी रु.११,००,०००।-(एघार लाख) बराबरको क्षति भएको, मानवीय क्षति नभएको, घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

 

राज कुमार थिङ

(प्रहरी नायव उपरीक्षक)

मो.न.: ९८५५०९००३७

 

पोखरा         मिति २०७७।१०।१०गते।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...