बास्तोला कम्प्लेक्समा खुल्यो युनिक कलेक्शन एण्ड फेन्सी

पोखरा, माघ १० गते । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसले व्यवसायीहरु मारमा परेका छन् । कोरोनाका कारण ९ महिना देश लकडाउन भयो । लकडाउने अर्थतन्त्रमा नकरात्मक प्रभाव परेको छ । कोरोनाबाट बच्न घरभित्रै बस्नुपर्ने अवस्था सृजना भयो । आर्थिक रुपले सबैलाई समस्या बनायो । विस्तारै व्यवसाय पुरानै लयमा फर्किने क्रममा छ ।

स्वदेशमै केही गरौ भन्नेहरु आफुसंग भएको पुँजीलाई लगानी गर्न खोज्दै छन् । पछिल्लो समयमा व्यवसायमा लगानीको क्रम विस्तारै बढेको छ । यसैक्रममा बास्तोला कम्प्लेक्समा युनिक कलेक्सन एण्ड फेन्सी पसल सञ्चालनमा आएको छ । पोखरामहानगरपालिका ९ पृथ्वीचोक स्थित बास्तोला कम्प्लेक्समा समाजसेवी एव सामाजिक अभियान्ता तारामाया थापाले युनिक कलेक्शन एण्ड फेन्सी सञ्चालन ल्याउनु भएको हो । उहाँले ३० लाख बढि लागतमा युनिक कलेक्शन एण्ड फेन्सी सञ्चालनमा ल्याउनु भएको हो ।

 

पसलको उद्योग वाणिज्य संघ गण्डकी प्रदेशकाक अध्यक्ष संजीव बहादुर कोईरालाले उद्घाटन गर्नुभयो । उद्घाटनपछि बोल्दै कोईरालाले निर्वाहमुखी नभई आर्थिक उन्नतीका लागि व्यवसाय सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले व्यवसाय खोल्नु मात्रै ठूलो नहुने त्यसलाई निरन्तरता दिन सक्नुपर्नेमा जोड दिनुभयो । व्यवसाय सञ्चालन गर्दा धेरै अप्ठयारा र चुनौती आउछ त्यसलाई सामाना गरेर अगाडी बढन सक्नुपर्छ भन्नुभयो ।

 

त्यस्तै महिला उद्यमी संघका अध्यक्ष काशी गुरुङले स्थानिय स्तरमा उत्पादन गरिएका कपडाहरुलाई समेत प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सामाजिक कार्यसँगै महिलाहरु स्वरोजगार बन्नुपर्नेमा जोड दिनुभयो । सञ्चालक तारामाया थापा मगरले महिलाहरु आर्थिक रुपमा आत्मनिर्भर हुनुपर्छ भन्ने मान्यता सहित व्यवसाय सञ्चालन गरेको बताउनुभयो । एकता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बालकृष्ण काउचाले व्यवसायीक सफलताको शुभकामना ब्यक्त गर्नुभयो । कार्यक्रम सञ्चारकर्मी जुना थापाले सञ्चालन गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...