समाजसेवी सावित्री गुरुङद्धारा १ लाख ५० हजार आर्थिक सहयोग

पोखरा, माघ ११ गते । पर्वतको मोदी गाउँपालिका वडा न ५ मा बाजुङमा रहेको बाजुङ शैक्षिक प्रतिष्ठानलेको प्रथम साधारणसभा शनिबार सम्पन्न भएको छ ।साधारणसभाको अवसर पारेर प्रतिष्ठानले बाजुङ जन्मभूमि भई हाल देशको विभिन्न स्थानमा उच्च ओहोदामा पुग्न सफल ८५ जना व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।


अधिकृत स्तरदेखि माथि पिएचडी डाक्टरसम्म गरि कुल ८५ जना बाजुङगे विद्धान छोराछोरीहरुलाई सो संस्थाले सम्मान गरेको हो ।
कार्यक्रम बाजुङका अग्रज समाजसेवी एवम् मिलन फाउन्डेशन नेपालका संरक्षक सावित्रीकुमारी गुरुङको प्रमुख अतिथ्यतामा भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गुरुङले आफना पति स्व.नरबहादुर गुरुङको स्मृतिमा प्रतिष्ठानलाई १ लाख ५० हजार आर्थिक सहोग गर्नुभएको छ । यसअघि पनि गुरुङको परिवार र मिलन फाउन्डेशन नेपालले बाजुङको वृहत्तर विकासको निम्ती थुप्रै आर्थिक सहयोग गर्दै आएको छ ।

कार्यक्रममा बोल्दै सम्मानित व्यक्तित्व नेपाल सरकारका उप–सचिव बाबुराम सुवेदीले आफूले जीवनमा सिकेको सीप र अबको बाँकी श्रम जन्मभूमिको लागि खर्च गर्ने बताउनुभयो । बाजुङ शैक्षिक रुपमा उर्वर र भौगोलिक रुपमा पनि असाध्यै मिलेको रमाइलो ठाउँ रहेको भन्दै अब बाजुङबासीले आफनो भेगको कला संस्कृतिको पनि जगेर्ण गर्दै अघि बढनुपर्ने बताउनुभयो । बाजुङको विकासको लागि कसैले पनि राजनीति गर्न नहुने उहाँको भनाई रहेको छ ।

सोही कार्यक्रममा प्रतिष्ठानले विभिन्न व्यक्तिहरुलाई आजीवन सदस्यता पनि वितरण गरेको छ । प्रतिष्ठानका सचिव अमरबहादुर अधिकारीले स्वागत मन्तव्य सहित संस्थाको आर्थिक प्रतिवदेन प्रस्तुत गर्नुभएको थियो । प्रतिष्ठानका अध्यक्ष मनबहादुर क्षेत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रम स्थानिय महेन्द्र शिखरी मा.वि.का शिक्षक लक्ष्मण शर्माले सञ्चालन गर्नुभएको थियो ।कार्यक्रममा उक्त विद्यालयका विद्यार्थीहरुले विभिन्न साँस्कृति कार्यक्रम लगायत गीत, कविता आदि प्रतिभा प्रस्तुत गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...