मृगौला पिडित सुस्मीता परियारलाई आर्थिक सहयोग

हेमजा, ११ माघ। कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घाचोकका मृगौला पीडित वर्ष १९ कि सुस्मिता परियारलाई आर्थिक सहयोग गरिएको छ । मृगौला पिडित सुस्मीता परियार बचाउ अभियान समितिद्धारा संकलित रकम आइतबार माछापुच्छे गाउँपालिका वडा न।३ घाचोक वडा कार्यालयमा आयोजित कार्यक्रममा हस्तांतरण गरिएको थियो ।

 कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा न। ३ का वडा अध्यक्ष सुर्यप्रसाद लमसालले सिघ्र स्वस्थ्य लाभको कामना गर्दै आर्थिक सकंलन समितिलाई धन्यवाद ज्ञापन गरे । उनले राज्यले नागरिकको स्वस्थ्यको जिम्मा लिनुपर्नेमा राज्यले नसकेकोले यस्ता समितकिो आवस्यक रहेको उल्लेख गरे ।

 

 माच्छापुच्छे« गाउँपालिका उपप्रमुख प्रत्यासी काँग्रेस नेतृ टेकन शोभा गुरुङले सिघ्र स्वस्थ्य लाभको कामना गर्दै नगद २१ हजार रकम सहयोग गरिन । कार्यक्रममा जनता समाज पाटी माछापुच्छे गाउँपालिकाका अध्यक्ष जगत गुरुङले २२ हजार १०५ सहयोग गरेका थिए ।  उनको नेतृत्वमा हालसम्म ३ लाख ५४ हजार ११२ रकम हस्तान्त्रण गरिएको बताए ।

 

त्यस्तै अभियान समितिद्धारा  आइतबार ३ लाख ८८ हजार ७०१ हस्तान्त्रण गरिएको छ । हालसम्म समितिले १३ लाख २१ हजार ६७२ रकम संकलन भएको र अन्य रकम बिगतमा समितिको सहकार्यमा सहयोगि दाताहरुको प्रतक्षय उपस्थितिमा पिडित परिवारलाई हस्तान्त्रण गरिएको संयोजक संजय लमसालले जानकारी दिए । यस अभियानमा हाल जापानमा रहेका जी।एम रानाभाटको मुख्य भुमिका रहेको समेत उनले उल्लेख गरे ।

 

पिडितका बुबा सुरेस परियारले छोरीको स्वस्थ्य अबस्थाको बारेमा जानकारी गराउदै समितिलाइ सहयोग गरेकोमा धन्यवाद दिए । उनले आफ्नी छोरीको पुनर्जन्म पाउने आसा गर्दै थप सहयोगको अपिल गरेका छन ।संयोजक संजय लमसालको अध्यक्षतामा भएको कार्यक्रममा दुर्गादत्त लमसालले स्वगत र सञ्चालन रुद्र रानाभाटले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...