हिल हिमालयजको पोखरा सरसफाई अभियान

पोखरा, माघ ११ गते ।“प्रकृतिलाई पुनःजिवन” भन्ने मुलमन्त्रका साथ हिल हिमालयजले ३० औँ पोखरा सरसफाई अभियान  सम्पन्न गरेको छ ।करिब ६० जना अभियन्ताहरु जोडिएको सो अभियानमा विना कुनै स्वार्थ प्रकृतिको संरक्षण गर्ने उद्धेश्यले अभियान संचालन गरिएको हिल हिमालयजका संयोजक रोशन गुरुङले बताउनुभयो ।


यस संगठनमा आवद्ध सबै विभिन्न व्यापार व्यवसायमा संलग्न व्यक्ति, विद्यार्थीहरु रहेको कारणले सबैको अनुकुल समयको आधारमा प्रत्येक शनिवार करिब ३ घण्टाको समयमा फोहोर संकलन गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।‘हाम्रो वातावरणलाई संरक्षण गर्ने जिम्मा हाम्रै काधँमा छ,आफैँको हेरचाह गर्नका निम्ति हामीले प्रकृतिको ख्याल गर्नुपर्छ,’ उहाँले भन्नुभयो ।३० औँ संस्करणमा आईपुग्दा यस संगठनले डाँडापाखाहरुको लगभग फोहोर संकलन गरि करिब ४३ हजार किलो फोहोर महानगर पठाईसकेको र हाल ल्याण्डफिल्डमा विशेष गरेर ताल आसपासका क्षेत्रमा रहेका फोहोर संकलन गर्ने कार्यमा जुटेको उहाँको भनाई थियो ।

यसका निम्ति संगठनले सम्वन्धित वडासँग समन्वय गरी कार्य गरिरहेको छ भने फोहोर व्यवस्थापनको लागि वडाले गाडी उपलब्ध गराउने गरेको गुरुङले बताउनुभयो ।पोखरा भित्र बसोबास गर्ने युवाहरुको संगठन रहेको यस हिल हिमालयजले बाहिरी आर्थिक सहयोग विना नै स्वतस्र्फुत पकेट खर्चबाट आर्थिक भार धानिरहेका छन् । तर यस संगठनको कार्यबाट प्रभावित भई विदेशमा बसोबास गर्नेहरुको तर्फबाट करिब २ लाख सहयोग प्राप्त हुनुको साथै विभिन्न संघसंस्थाबाट फोहोर संकलनमा आवश्यक पर्ने उपकरणहरु समेत सहयोग स्वरुप प्राप्त गरेको छ ।

संगठनको कार्यबाट प्रभावित भएर बेनी, काठमाडौँ लगायत स्थानमा यस अभियानको विस्तार भएको छ । भावी समयमा संगठनको कामलाई निरन्तरता दिदैँ सम्वन्धित निकायहरुसँग हातेमालो गर्दै आगाडी बढ्ने सोचका साथ यस संगठनले आर्थिक पाटो दरिलो बनाउन विविध गतिविधिहरुको प्रतिवेदन सम्बन्धित निकायमा बुझाएका छन् ।अब आउने दिनमा विभिन्न सरकारी देखि गैह्रसरकारी संघसंस्था र निजि देखि सरकारी विद्यालयका विद्यार्थीहरुका निम्ति प्रकृति संरक्षणसंग सम्वन्धित सैद्धान्तिक कार्यक्रमहरु लैजाने संगठनले योजना बनाएको छ । यसले जनस्तरसम्ममा फोहोर व्यवस्थापनका सहयोग पुग्ने र जनचेतना फैलाउने विश्वास लिइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...