लागूऔषध गाँजा सहित दुई जना पक्राउ

पोखरा, माघ ११ गते । जिल्ला प्रहरी कार्यालय कास्की र मातहत वडा प्रहारी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले लागुऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । पोखरा महानरपालिका वडा नंम्वर ५ जिरो किमीमा चेकजाँच गर्ने क्रममा शकास्पद अवस्थामा रातो रंगको जेब्रा झोलामा दुईजनाले झुण्डाई हिडिरहेको अवस्थामा शंकालागी चेकजाँच गर्दा पक्राउ गरेको जनाएको छ ।

कपिलवस्तु बिजयनगर गाँउपालिका वडा नंम्वर १स्थायी घर भई हाल पोखरा ।१६ केआईसिंहपुल बस्ने बर्ष २२ को अर्जुन घर्तिमगर र स्याङग्जा पुतलिबजार नगरपालिका वडा नं १४ घर भई हाल पोखरा १६ केआईसिंहपुल बस्ने बर्ष २२ को सफल ढकाल पक्राउ परेका छन् । उनीहरुका साथबाट लागूऔषध गाँजा ४ के जी, मोवाईल थान २ र नगद ३,१०० फेला परेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...