पोखरामा ५ मा चोरी गरेको आरोपमा पर्वतका किशोर पक्राउ

पोखरा, माघ ११ गते । पोखरा महानगरपालिका वडा नम्वर ५ धारापानी मार्ग मा चोरी गरेको आरोप प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धारापानी मार्गमा डेराकोठा गरी बस्ने गिता भुजेलको कोठाको ढोकाको ताला तथा कोठाभित्र रहेको दराजकोचावी समेत फोरी दराज भित्र रहेका औठी, सिक्री, मंगलशुत्र लगाएत बिभिन्न गरगहना तथा धनमाल चोरी गरेको आरोपमा किशोर शर्मालाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यलय बैदामबाट खटिएको टोलीले अनुसन्धानको क्रममा पर्वत कुश्मा नगरपालिका वडा नं ११ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं २६ बिजयपुर बस्ने बर्ष २६ को किशोर शर्मालाई चोरीका ा सामान सहित फत्राउ गरेको हो ।

पक्राउ व्यक्तिको विवरण :-

  • नाम :किशोर शर्मा
  • उमेर : २६ वर्ष
  • ठेगाना : जिल्ला पर्वत कुश्मा न.पा. वडा नं. ११ घर भई
  • हाल जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम. २६बिजयपुर
  • पक्राउ मिति२०७७।१०।०७ गते ।
  • पक्राउ स्थान : जिल्ला कास्की पोखराम.न.पा.५पर्स्याङ

 

बरामद सामानको बिबरण :-

१. हरियो पोते सहितको सुनौलो रंगको ३९.४ लाल तौलको छड्के तिलहरी – थान १

२. रातो पोते सहितको सुनौलो रंगको ८७.१ लाल तौलको मंगल शुत्र – थान १

३. रातो पोते सहिको सुनौलो रंगको २.४ लाल तौलको सानो तिलहरी – थान १

४. रातो पोते सहितको सुनौलो रंगको १४.५  लाल तौलको माईली तिलहरी – थान १

५. रातो पोते सहिको सुनौलो रंगको सानो २५ लाल तौलको मंगल शुत्र – थान १

६. सुनौलो रंगको ५ लालको छापे औंठी – थान १

७. सुनौलो रंगको ६९.५ लाल तौलको सिक्री – थान १

८. सुनौलो रंगको सानो १० लाल तौलको मुन्द्रा – थान १

९. ग १३ प ३७४७ नं. रातो WIGO स्कुटर – थान १

१०. फलामको रड – थान १

११. कम्पास जस्तो देखिने फलामको टुक्रा – थान १

१२. मोबाईल सेट – थान २

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...