शहिद, घाइते र बेपत्ता परिवारको सम्मान तथा परिचयपत्र दिन कार्यदल

काठमाडौं, माघ १२ गते । मन्त्रिपरिषद्ले विगतका शान्तिपूर्ण र सशस्त्र आन्दोलन, जनसंघर्ष, विद्रोह र विभिन्न आन्दोलनमा जीवन उत्सर्ग गर्ने शहिद परिवार, घाइते , बेपत्ता, अङ्भङ् भएकाको सम्मान एवं परिचयपत्र प्रदान गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।


परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा अन्य मन्त्री रहने गरी गठित कार्यदलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान गर्ने सहिद परिवार, घाइते , बेपत्ता, अङ्गभङ्ग भएका, लोकतन्त्रका योद्दाहरूको सम्मान एवं परिचयपत्रको व्यवस्था गर्न  सुझाव दिने छ । सो कुराको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिनुभएको हो । हिजो प्रधानमन्त्री केपी शर्मा अोलीले सशस्त्र युद्धका घाइतेहरुसँग भेट गर्नु भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...