सर्जक धनबहादुर गायकको निधन

पोखरा, माघ १२ गते । सर्जक एवं वरिष्ठ सारङगी बाधक धनबहादुर गायकको निधन भएको छ । उपचारका क्रममा सोमबार विहान उहाँको निधन भएको हो । शनिबार बाटुलेचौरस्थित कालीखोलामा नुहाउने क्रममा अचनाक ढलेपछि उहाँलाई पोखराको फुलबारी स्थित मणीपाल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

सोमबार विहान अस्पतालले मृत घोषणा गरेको हो । उहाँ उच्च रक्तचापलका कारण ढलेपछि तत्काल उपचारका लागि अस्पताल पु¥याइएको र सघन उपचार कक्षमा उपचारकै क्रममा सोमबार विहान निधन भएको छिमेकी भोजबादुर गायकले जानकारी दिनुभयो ।

उहाँ चर्चित लोक गीत ‘यो दाजुको मिर्मिरे आँखा’, फूल मायामा नभुल..’ बेली र चमेली लगायत गीतका सर्जक हुनुहुन्छ । धनबहादुर राष्ट्रिय लोकबाजार सारंगी संरक्षण पाठशाला प्रतिष्ठानका अध्यक्ष पनि हुनुहुन्थ्यो । गायकले गन्धर्व संस्कृतिको संरक्षणका लागि पोखरा १६ बाटुलेमा गन्धर्व पाठशाला सञ्चालन गर्नुभएको थियो । उहाँले गन्धर्वहरुको सारंगी लोपोन्मुख अवस्थामा पुगेको भन्दै ‘झलकमान गन्धर्व सारङ्गी पाठशाला’ स्थापना गरेर निःशुल्क सङ्गीत र मादल सिकाउँदै आउनुभएको थियो ।

 

पोखरामा आयोजना हुने सार्वजनीक कार्यक्रममा सारंगीको धुन मार्फत सबैलाई मन्त्रमुग्ध बनाउनुहुन्थ्यो । उहाँ नेपाली लोकबाजाहरुको संरक्षण हुनुपर्नेमा जोड दिदै आउनुभएको थियो । उहाँ पोखराको प्रसिद्ध धार्मिक तीर्थस्तल विन्ध्यबासिनी मन्दिरमा रहेको संगीत प्रशिक्षण केन्द्रमा जागिरे हुनुहुन्थ्यो ।

 

केही महिना अघिमात्रै उहाँले अवसकार पाउनु भएको हो । उहाँलाई पोखरा महानगरपालिकाले त्यहाँ नियूक्त गरेको थियो । त्यस्तै उहाँ पोखरा महानगरपालिकाले गठन गर्न लागेको पोखरा प्रज्ञा प्रतिष्ठानको प्राज्ञमा समेत सिफारिस हुनुभएको थियो । उहाँका एक श्रीमति, दुई छोरा र एक छोरी हुनुहुन्छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...