नेतृत्व विकाससंगै महिला आयआर्जनसंग जोडिनु पर्दछ—उससभामुख शर्मा

पोखरा, माघ १२ गते । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाहरु संवैधानिक अधिकारको उपयोग गर्दै आयआर्जनतर्पm जोडिनु पर्ने बताउनु भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकास्तरीय जनप्रतिनिधि महिला तथा सञ्जालका पदाधिकारीका बीच भएको अन्तरकृया कार्यक्रममा बोल्दै उहाँले महिलाले नेतृत्व विकास गर्दै उत्पादनसंग जोडिनु पर्ने आवश्यकता औल्याउनुभयो ।


महिलाको सहभागिता विना “समृद्ध नेपाल सुखी नेपाली” अभियान पुरा नहुने बताउँदै उहाँले त्यसका लागि महिलाको सहभागिता अपरिहार्य रहने विश्वास व्यक्त गर्नुभयो ।संविधानले हरेक तहमा महिलाको ३३ प्रतिशत सुनिश्चितताले महिला नेतृत्वमा उल्लेखनीय विकास भएको जानकारी गराउँदै आगामी स्थानीय तहको निर्वाचनमा महिलाहरु नेतृत्व लिन तयार भएको उहाँको भनाई छ ।

गण्डकी प्रदेश सभाका सदस्य डा. पुष्पा केसी भण्डारीले तालीमबाट प्राप्त ज्ञानले धारणा बनाउँदै दुई हातले सिप प्रस्तुत गर्न सके मात्र महिला सशक्तिकरणमा जोड पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

समाजका विपन्न तथा असहायको पहिचानमा स्थानीय तहका जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहने बताउँदै उहाँले त्यस्ता वर्गको उत्थानका लागि आर्थिक उपार्जनमा जोड पुग्ने खालका कार्यक्रम सञ्चालन गरिनुपर्ने आवश्यकता औल्याउनुभयो ।

गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले महिला हक अधिकारको सुनिश्चितताका लागि जनप्रतिनिधि महिला र सञ्जाल बीचको समन्वय आवश्यक रहने बताउनुभयो ।

उपाध्यक्षसंग महिला बालबालिका कार्यक्रमका संयोजक तथा गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडी र मुस्ताङ जिल्ला घरपझोङ गाउँपालिकाका उपाध्यक्ष सर्मिला गुरुङले राज्यले व्यवस्था गरेको महिला तथा बालबालिका लच्छित बजेट कार्यान्वयमा जनप्रतिनिधि एवम् सञ्जालका पदाधिकारीहरु सचेत हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।

 

कार्यपालिका सदस्य हिरादेवी सुनार, महिला तथा बालबालिका कार्यक्रम संयोजक गिता थापा, विभिन्न वडाका वडाअध्यक्षहरुले कार्यक्रमको महत्व र आवश्यकता माथि प्रकाश पार्नुभएको सो कार्यक्रमा गाउँपालिका महिला जनप्रतिनिधि, सञ्चालनका पदाधिकारी, सम्वन्धित शाखाका कर्मचारी सहित ५० जनाको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...