हार्डवयर व्यवसायीद्धारा मुसहरवस्तिमा न्यानो कपडा वितरण

पोखरा, माघ १३ गते । बिभिन्न पेशा व्यवसायीले आप्mनो लागि मात्र नभई समाजका अति विपन्न तथा सिमान्तकृत वर्गको दुःखमा समेत सहयोगी बन्द छन् भन्ने पोखराका निर्माण सामग्री व्यवसायीले उदाहरण दिएका छन् ।


पोखरा हार्डवयर एसोशिएसन कास्कीको एक टोलीले नवलपुर जिल्लाको कावासोती नगरपालिका वडा नं. १३ कुसनहरीका मुसहरवस्तिमा पुगेर न्यायानो विछ्याउना वितरण गरेर उनीहरु सबैका लागि अनुकरणीय बनेका हुन ।

सो स्थानका ४० घरलाई डसना,फाइवर सिरक, खोल,झुल, तन्ना,सिरानी सहितको एक लाख ५० हजार मूल्यबराबरको राहत सामग्री वितरण गरेको पोखरा एसोशिएसन कास्कीका अध्यक्ष शेषकान्त ढकालले जानकारी दिनुभयो ।

चिसो मौसमसंगै चलेको सितलहरले मारमा परेको मुसहर परिवारलाई केही हतसम्म भएपनि राहत उपलव्ध गराउने उदेश्यले संस्थाका कार्यसमिति सदस्य र सल्लाहकार गरि २९ जना व्यवसायीले व्यक्तिगतरुपमा संकलन गरेको रकमबाट सामान खरिद गरि वितरण गरिएको उहाँको भनाई छ ।

कार्यक्रममा नवलपरासी वर्दघाट सुस्ता पूर्वका प्रशासकीय अधिकृत आनन्दप्रसाद भुषालले राहत सामग्री वितरण गर्दै परम्परागतरुपदेखि नै जल तथा जंगलमा आश्रित विपन्न तथा असहाय परिवारलाई न्यानो विछ्याउना वितरण गरेर संस्थाले सामाजिक उत्तरदायित्व पुरा गरेको बताउनुभयो ।

कावासोती नगरपालिका वडा नं. १३ का वडाअध्यक्ष विनोद रानामगरले संस्थाले प्रदान गरेको राहत वितरणले विपन्न वस्तिका वासिन्दाको जीवन रक्षाका लागि महत्वपूर्ण सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा संस्थाका बरिष्ठ सल्लाहकार रामचन्द्र थापा, कार्यक्रम संयोजक अर्जुन बहादुर थापा, महासचिव कृष्णप्रसाद कोइराला लगायतले राहत वितरण गर्दै मानविय सेवा सवै भन्दा ठूलो धर्म भएको धारणा राख्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...