गण्डकी प्रदेशका सबै जिल्लामा कोरोना विरुद्ध खोप पुग्यो, मुख्यमन्त्रीले शुभारम्भ गर्ने

पोखरा, माघ १३ गते । गण्डकी प्रदेशमा आज कोरोना विरुद्धको खोप लगाइदै छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान(क्षेत्रीय अस्पताल) पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार खोपको शुभारम्भ गर्नुहुने भएकोछ । मुख्यमन्त्रीले शुभारम्भ गरेपछि गण्डकीका ११ जिल्लाका जिल्ला अस्पतालहरु, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, संक्रामक तथा सरुवारोग अस्पताल, मणिपाल मेडिकल कजेल र गण्डकी मेडिकल कलेजमा एकैसाथ खोप कार्यक्रम शुरुवात गरिने गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले मंगलबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी गण्डकी प्रदेशमा कोभिड विरुद्धको खोप लगाउने सम्पूर्ण तयारी भएको जनाएको हो । गण्डकी प्रदेशमा ३९ हजार १ सय ३९ मात्रा भ्याक्सीन प्राप्त भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिनुभयो । यो खोप १४ देखि १८ गतेसम्म लगाई सकिने बताइएको छ भने एक महिनाभित्र दोश्रो चरणमा पहिलो चरणमा खोप लगाएकाहरुलाई लगाइने छ । दश डोज हुन्छ(५ मिलिटिर) हुन्छ शर्माले भन्नुभयो,‘यो खोप लगाउन इच्छुकलाई मात्र लगाइन्छ ।’

 

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले सबै जिल्लामा मंगलबार साँझ खोप पुगेरको जानकारी दिनुभयो । ‘भ्याक्सीन प्राप्त हुनासाथ त्यसको प्रदेश तह र जिल्लास्तरमा भण्डार,ढुवानी र वितरण योजना तयार भएको छ । बसै जिल्लामा खोप पु¥याइ सकेका छौँ ।’सबै जिल्लामा खोप पुगेको छ उहाँले भन्ुनभयो, ‘खोप समन्वय तथा अनुगमन समित र जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन भएको छ । समितिले खोप कार्यलाई प्रभावकारी रुपमा संचालन गर्ने योजना र क्रियाकलापहरु त्यार गरी सम्वन्धित निकायमा जानकारी दिदै आएका छौ ।’

 

खोप कार्यलाई गुणस्तरीय र प्रभावकारी बनाउनका लागि खोपको तापक्रम र खोप सेसन सञ्चालन सम्वन्धमा स्वास्थ्यकर्मीको तालीमा साथै खोप केन्द्रको व्यवस्थापन कार्य सम्पन्न भैसकेको गण्डकी प्रदेशका प्रमुख सचिव विष्णुप्रसाद पौडेलले बताउनुभयो । उक्त खोप १८ वर्षभन्दा माथिका तोएिका लक्षित वर्गलाई सफलतापूर्वक सञ्चालन गर्नका लागि सवैको सहयोगका लागि अनुरोध गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...