गण्डकी प्रदेशमा कोरोना विरुद्ध खोप लगाउन सुरु

पोखरा, माघ १४ गते। गण्डकी प्रदेशका ११ जिल्लामा बुधबारबाट कोरोना भाईरस (कोभिड–१९) बिरुद्धको खोप लगाउन सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले खोपको शुभारम्भ गर्नुभएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा (पश्चिमाञ्चल क्षेत्री अस्पताल) पोखरालाई खोप हस्तान्तण गरेर शुभारम्भ गर्नुभएको हो ।

पहिलो चरणको खोप लगाउने काम सुरु भएको हो ।भारत सरकारले सहयोग गरेको खोप ‘कोभिशिल्ड’ अग्रपंक्तीमा रहनेहरुका लागि लगाउन थालिएको हो । मुख्यमन्त्रीले शुभारम्भ गरेपछि गण्डकीका ११ जिल्लाका जिल्ला अस्पतालहरु, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, संक्रामक तथा सरुवारोग अस्पताल, मणिपाल मेडिकल कजेल र गण्डकी मेडिकल कलेजमा एकैसाथ खोप कार्यक्रम शुरुवात भएको छ ।

गण्डकी प्रदेशका १७ हजार ६३० जनामा खोप लगाइने छ । गण्डकी प्रदेशमा अहिलेसम्म १ लाख २५ हजार ४ सय ९७ जनाको कोरोना परिक्षण गरिएको थियो भने १५ हजार ३ सय ३ ७ जनामा संक्रमण पुष्टि भएको थियो । अहिले सक्रमित मध्य ४६४ जना मात्र सक्रिय संक्रमित रहेका छन भने १४ हजार ६ सय ७१ जना निको भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशमा ३९ हजार १ सय ३९ मात्रा भ्याक्सीन प्राप्त भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिनुभयो । यो खोप १४ देखि १८ गतेसम्म लगाई सकिने बताइएको छ भने एक महिनाभित्र दोश्रो चरणमा पहिलो चरणमा खोप लगाएकाहरुलाई लगाइने छ । पत्येक जिल्लामा पहिलो दिन १ सय ५० जनालाई खोप लगाउने बताइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...