तेक्वान्दो संघको आयोजनामा सेमिनार तथा बेल्ट टेष्ट हुने

पोखरा, माघ १४ गते । गण्डकी प्रदेश तेक्वान्दो संघ(आई.टि.एफ)को आयोजनामा पोखरामा तेक्वान्दो सेमिनार तथा बेल्ट तेष्ट कार्यक्रम आयोजना हुने भएको छ ।

आयोजक गण्डकी प्रदेश तेक्वान्दो संघले बुधबार पोखरा रंगशालामा पत्रकार सम्मेलन गरेर माघ १६ र १७ गते सेमिनार तथा ब्ल्याक बेल्ट प्रथम, दोश्रो र तेश्रो डानको गे्रडिङ कार्यक्रम गर्न लागेको जानकारी दिएको हो । सेमिनार र बेल्ड टेष्टमा गरी गण्डकी प्रदेश र अन्य जिल्लाका सहित ३ सय जनाको सहभागीता रहने गण्डकी प्रदेश तेक्वान्दो संघका संयोजक घमबहादुर थापा मगरले जानकारी दिनुभयो ।

 

कार्यक्रममा कास्की, बाग्लुङ, स्याङजा, तनहुँ, लमजुङ, नवलपुर, म्याग्दी तथा पर्वत जिल्लाका खेलाडीहरुको सहभागीता रहने छ संयोजक मगरले भन्नुभयो । नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघ बिगत २३ वषदेखि अन्र्तराष्ट्रिय महासंघसंग आवद्ध र राष्ट्रिय खेलकुद परिषदद्धारा मान्यता प्राप्त संस्था रहेको बताउदै उहाँले गत वर्ष कोरोना भाइरसका कारण हुन नसकेको बेल्ट टेष्ट यस वर्ष गर्न लागिएको बताउनुभयो ।

 

सेमिनारमा नेपाल अन्र्तराष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष, दक्षिण एसियाली तेक्वान्दो महासंघका उपाध्यक्ष तथा एशियाली तेक्वान्दो महासंघका बोर्ड सदस्य अन्जन धमला, नेपाल राष्ट्रिय मार्सल आर्ट महासंघ, नेपाल अन्तराष्ट्रिय तेक्वान्दो महासंघका उपाध्यक्ष तथा रेफ्रि प्रमुख प्रविन कुमार कार्मी, महासंघकै कोषाध्यक्ष बासुदेव भट्ट, महासंघका केन्द्रीय सदस्य तथा आइटिएफ डाटा संयोजक मनोज खड्का लगायतको उपस्थिति रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

 

पत्रकार सम्मेलनमा गण्डकी प्रदेश खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी, खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले आआफनो भनाई राखेका थिए भने सञ्चालन सञ्चारकर्मी कविता घर्तीमगरले सञ्चालन गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...