कटुवा पेस्तोलसहित एक जना पक्राउ

काठमाडौं, माघ १४ गते । काठमाडौं महानगरपालिका २६ लैनचौर ईलाकाबाट बुधबार एपीएफ टोलीले एक थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाको भोटेचौर गाउँपालिका वडा नम्वर ३ घर भई काठमाडौंको सामाखुशी टाउन प्लानिङ्ग बस्ने २८ वर्षिय कृष्ण चौलागाई रहेका छन ।

एपीएफ ईन्टेलिजेन्स व्यूरोको विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल,नेपाल नम्बर २४ गुल्मबाट खटिएको एपीएफ टोलीले निज चौलागाईलाई लैनचौरबाट कटुवा पेस्तोल तथा सोको एक थान गोली र एउटा मोवाईल सेटसहित पक्राउ गरेको हो । एपीएफ टोलीले पक्राउ गरेका चौलागाईलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि बरामद कटुवा पेस्तोल, सोको गोली र मोवाईलसहित नेपाल प्रहरीलाई बुझाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...