कास्की काँग्रेसद्वारा प्रदर्शनलाई प्रभावकारी बनाउन निर्देशन

पोखरा, माघ १५ गते । नेपाली काँग्रेस कास्कीले संसद् विघटन विरुद्वको प्रदर्शनलाई व्यवस्थित र प्रभावकारी बनाउन भातृ तथा शुभेच्छुक संस्थालाई निर्देशन दिएको छ ।


कास्की काँग्रेस, क्षेत्र, प्रदेश, भातृ तथा शुभेच्छुक संस्थाको बिहीबारको संयुक्त बैठकमा कास्की काँग्रेसका सभापति कृष्ण केसीले त्यस्तो निर्देशन दिएको प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।

 

संसद् विघटन विरुद्वको आन्दोलनलाई निरन्तरता दिदै काँग्रेसले माघ १९ गते सोमबार भातृ संस्था र २४ गते शुभेच्छुक संस्थाको संयुुक्त प्रदर्शन तय गरेको छ । ति दिन कास्कीमा पनि भातृ र शुभेच्छुक संस्थाले प्रदर्शन गर्ने प्रवक्ता सिग्देलले जानकारी दिए ।

 

बैठकले पोखरा २७ निवासी पार्टीकी जिल्ला सदस्य लक्ष्मी बास्तोलाका ससुरा बुबा नेत्रलाल बास्तोलाको निधन भएकोमा दुःख व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

 

बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा बसेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...