संसद विघटन प्रचण्डले गर्दा सृजना भएको होः वडा अध्यक्ष अधिकारी

पोखरा, माघ १५ गते ।पोखरा महानगरपलिका वडा नं १७ का वडाध्यक्ष तिर्थराज अधिकारीले संसद विघटन गर्ने परिस्थिती नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्दा नै सृजना भएको बताउनुभयो ।

पोखरा महानगरपालिका वडा नं १७ र पुलचोक टोल कमिटि, छोरेपाटनबिच बिहिबार भूमिहीन र अव्यवस्थित बसोबाससँगै बिकासका पुर्वाधार सम्बन्धित अन्तरक्रिया कार्यक्रममा उहाँले सो भनाई राख्नुभएको हो । भूमिहीन र अव्यवस्थित बसोबास गर्नेहरुलाई हल्का बनाउने काम भइराखेको भन्दै सुरुवातदेखि नै सुकुम्बासी समस्याको समाधानमा क्रियाशिल नेकपा ओली पक्ष नै रहेको प्रति दुविधा नपाल्नसमेत उहाँले आग्रह गर्नुभयो ।

‘भूमिसम्बन्धी समस्या समाधान आयोगले मागेका प्रमाणहरु अनिवार्य चाहिन्छ, यदि केही समस्याहरु छन् भने वडामा सिधै सम्पर्क गर्नुहोला, हामी सहयोग गर्न तत्पर छौँ,’ उहाँले भन्नुभयो ।वडा नं १७ क्षेत्र र जनसंख्याको आधारमा ठुलो रहेको भन्दै कोभिड १९ ले विकासका काममा असहज परिस्थिती उत्पन्न गराएता पनि वडा लागिरहेको र केही आयोजनाहरु बन्ने क्रममा रहेको समेत अधिकारीले जानकारी दिनुभयो ।

 

सोही कार्यक्रममा पोखरा महानगरपलिका कार्यपालिका सदस्य राधिका शाही योगीले गण्डकी प्रदेश अन्तर्गत कास्कीको पोखरा महानगरपालिकासँग भूमिसम्बन्धी समस्या समाधान आयोगले गरेको सम्झौतानुसार वडा स्तरीय भूमि सम्बन्धी समस्या सहजीकरण समिति गठन भएको जानकारी दिनुभयोे ।

 

आयोगले छुट्याइएको आवेदन अनुसार प्रक्रिया र प्रमाण मिलेको खण्डमा स्रोत मुल्याङ्कनको अनुसार लालपुर्जा पाउन सकिने भन्दै घरघरमा आउने आवेदकलाई सत्यतथ्य प्रमाण पेश गर्न योगीले अनुरोध गर्नुभयो ।नेकपा (ओली पक्ष)का वडा नं १७ का अध्याक्ष सुवास ढुंगानाले पार्टी र जनप्रतिनिधिबिच सम्बन्ध राम्रो रहेको र कसैको प्रयोगमा नआई आफैँ लागि पर्न आवश्यक रहको बताउनुभयो । उहाँले अव्यवस्थित र सुकुम्बासीहरुको समस्या समाधानमा गर्नका निम्ति हरकदम लागि परिरहेको बताउनुभयो ।

 

पुलचोक टोल सुधर समितिका अध्यक्ष इन्द्र बहादुर खड्काले यस क्षेत्रमा मुख्यतः लालपुर्जा, खानेपानी र सडकको प्रमुख समस्या रहेको भन्दै यस विषयमा वडाले विशेष जोड दिन आग्रह गर्नुभयो । वर्षौ देखि यहाँका बासिन्दा खोलाको भर पर्नु परेको भन्दै वर्षाको समयमा खोला बढेपछि खानेपानीको हाहाकार नै हुने गरेको छ भने व्यवस्थित सडक नहुदाँ दुर्घटना समेत हुने गरेको उहाँले बताउनुभयो ।

 

सो कार्यक्रममा वरिष्ठ पत्रकार हरि बास्तोला, पोखरा १७ पुलचोक टोल नेकपा कमिटिका अध्यक्ष देव बहादुर बि.क, बाराही टोल नेकपा कमिटिका अध्यक्ष भिम रोका मगर, पोखरा १७ सिमलटुडा नेकपा कमिटिका अध्यक्ष गुप्त बहादुर गुरुङ, विभिन्न आमा समूहहरु लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...