शुक्रराज माविमा छात्रबृत्ति स्थापना

पोखरा, माघ १६ गते ।गण्डकी प्रदेश सभा सदस्य (सांसद) रामजी प्रसाद बराल (जीवन) ले व्यवहारिक तथा सिपमुलक शिक्षा आवश्यक भएकोा बताएका छन्। पोखरा महानगरपालिका २२ स्थित पुम्दी भुम्दीको शुक्रराज माविको शुक्रबार सम्पन्न भएको ५२ औैं बार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रममा वोल्दै बिद्यालयका पूर्व अध्यक्ष समेत रहेका सांसद बरालले व्यवहारिक तथा सिपमुलक शिक्षा आजको आवश्यकता नै भएको बताएका हुन्।

 

बिद्यालयमा प्राविधिक शिक्षा अन्र्तगत पशुपालन(भेटेरिनरी) सम्बन्धि अध्ययन संचालन भएकोले त्यसलाई थप प्रभावकारी बनाउदै अन्य नियमित कक्षाहरुलाई समेत थप प्रकावकारी बनाउन सवै क्षेत्रको आवश्यक भएको सांसद बरालले बताए । उनले भने“ पोखरा २२ को शिक्षाको धरोहर शुक्रराज बिद्यालय हो, यसको समृद्धिको लागि सम्पूर्ण पोखरा २२ का बासिहरु एक हुनु पर्छ, बिद्यालयको भविश्य राम्रो बनाउनुमा हामी सवैको दाहित्व हो । ” बिद्यालयमा विभिन्न छात्रबृत्ति अक्षयकोष स्थापना गरिएको बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष नरहरी बरालले बताए । उनका अनुसार यस बर्ष ४ वटा र यस अघि ११ वटा अक्षयकोष स्थापना भएका छन्।

बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष एवं नेपाल सरकारका पूर्व प्रमुख जिल्ला अधिकारी नरहरी बराल र उहाँका दाजु नन्दप्रसाद बरालले बाबु तथा आमाको स्मृतिमा वेनी माहादेव रुपमा मंगली अक्षयकोष स्थापना गरेका छन्। उक्त अक्षयकोषमा १ लाख १० हजार रुपैया संकलन भएको बिद्यालयका प्रध्यानाध्यापक नरनाथ बरालले बताए । त्यसै गरी पुम्दी भुम्दीका कप्तान टिक प्रसाद गुरुङको स्मृतिमा श्रीमती वेलकुमारी गुरुङले एक लाख १ सय ५ रुपैयाको अक्षयकोष स्थापना गरेकी छन्। पुम्दी भुम्दी काउरेका युवा व्यवसायी गोपाल बरालले आमा देवका बराल र बाबु नारनदत्त बरालको स्मृतिमा १ लाख १ सय ५ रुपैयाको अक्षयकोष स्थापना गरेका हुन्। पोखरा १७ को शीतल बचत तथा ऋण सहकारी संस्थाले ५० हजारको अध्यक्षकोष स्थापना गरेको बिद्यालयका शिक्षक बालकृष्ण बरालले बताए । अक्षयकोष स्थापना गर्ने दाताहरुलाई सम्मान गरिएको थियो । उक्त अवसरमा बस चालक भिमनाथ बाँस्तोलालाई उत्कृष्ट कर्मचारीबाट सम्मान गरिएको छ । नमस्ते सामुदायिक प्रतिष्ठान पोखराका अध्यक्ष भिस्मराज पौडेलले कार्यक्रममा बोल्दै केही समय अघि वोलेको रकम ५० हजार मुल्य बराबर रकमको चेक समेत हस्तान्तरण गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका समन्वय अधिकारी नवराज बराल, बिद्यालयका पूर्व अध्यक्ष हिमलाल बराल, बिद्यालयका सदस्य नवराज बराल लगायतले वोलेका थिए । बिद्यालयमा हाल नर्सरी देखि कक्षा १२ सम्म २ सय ७७ जना बिद्यार्थीहरु रहेको अध्यक्ष बरालले जनाए । बार्षिकोत्सवको अवसरमा पुरस्कार वितरण तथा नृत्य प्रर्दशन समेत गरिएको थियो । उक्त अवसरमा शिक्षक ऋषिराम बराललाई मरोपणान्त सम्मान गरिएको छ । २०६३ साल देखी बिद्यालयमा अध्यायपन गराउन लागेका बरालको हालै सडक दुर्घटनामा परि निधन भएकोले बिद्यालयले उनको परिवारलाई उक्त अवसरमा सम्मान गरेको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...