पोखराकी सुप्रियाले लेखिन द लभ वि वान्ट उपन्यास

पोखरा, माघ १८ गते । युवा लेखक एमिलिया सुप्रिया पालिखेद्वारा लिखित उपन्यास ‘द लभ वि वान्ट’ को शनिबार पोखरामा विमोचन गरिएको छ । कवि तथा साहित्यकार प्राज्ञ रमेश श्रेष्ठ, पोखरा उद्योग बाणिज्य संघका पूर्वाध्यक्ष विश्वशंकर पालिखे, नेपाल पत्रकार महासंघ, कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, लेखकका हजुरआमा गंगादेवी पालिखे, रेडियो अन्नपूर्णका प्रवन्ध निर्देशक सुनयना पालिखे, नागढुङ्गा युवा क्लवका अध्यक्ष विनोद लामिछानेले संयुक्त रुपमा उक्त उपन्यासको विमोचन गरेका हुन् ।

अंग्रेजी भाषामा लिखित उक्त कृतीको विमोचन गर्दै प्राज्ञ श्रेष्ठले पोखरामा नयाँ पुस्ताको साहित्यकार जन्म भएको बताए । ‘म पनि साहित्यकार हुँ, म कविता गजल लेख्छु, तर अब सुप्रिया मेरालागि पनि चुनौती हुन’ श्रेष्ठले भने–‘तर यो चुनांैती मलाई मिठो लागेको छ । उपन्यासकारलाई शुभकामना व्यक्त गर्दै श्रेष्ठले यो एउटा पे्रमिल साहित्यको अध्यायको शुरुवात भएको औल्याए । साथै लेखकबाट आगामी दिनहरुमा अन्य धेरै श्रृंखला आउने आशा व्यक्त गरे ।

 

कृती र कृतीकारको चर्चा गर्दै रेडियो अन्नपूर्ण ९३ं.४ का प्रवन्ध निर्देशक सुनयना पालिखेले कृतीकारको उपन्यासका कथाहरु निकै अर्थपूर्ण रहेको जनाइन् । यो उपन्यास टिन एजर्सहरुका लागि पठनिय सामग्री हुने विश्वास व्यक्त गर्दै उनले लेखकका हजुरवुवा शिक्षासेवी स्व.गणेशमान पालिखे, जिजुवुवा दयाशंकर पालिखे लगायतको स्मरण गरिन् । ‘उहाँहरुको पनि समाजसेवा, शिक्षाक्षेत्रमा ठूलो योगदान छ, त्यहि परिवारको नाती पुस्ताले उपन्यास लेखेकि छन्, यसमा हामीले गौरव गरेको छौं’–उनले भनिन् ।

 

पत्रकार महासंघ कास्की अध्यक्ष दिपेन्द्र श्रेष्ठले भर्खरै १९ वर्ष टेकेकि लेखक नेपालकै कान्छी उपन्यासकार हुन सक्ने औल्याउँदै सानै उमेरमा यति धेरै शव्दहरुसंग खेल्नु ठूलो कार्य भएको टिप्पणी गरे । उनको उदय पालिखे खानदानका लागि मात्र नभएर पोखराकै लागि गौरवको कुरा भएको औल्याए ।

 

आदर्श नेपाल राष्ट्रिय दैनिकका सम्पादक समेत रहेका नागढुङ्गा युवा क्लवका अध्यक्ष विनोद लामिछानेले आफ्नैं टोलबाट होनहार साहित्यकारको उदय भएको जनाउँदै उनको होष्टेमा हैंसे गर्न सदैव लागिरहने प्रतिवद्धता जनाए ।उपन्यसाकार सुप्रियाले पुस्तक पढ्दै गर्दा एक पटक पाठक आँफु टिन एजमै फर्किएको महशुस गर्ने उल्लेख गरिन् । यो उमेरमा पलाउने इच्छा, चाहना, माया, लगायतलाई पुस्तकमा समेटने कोशिष गरेको उनले जनाइन् ।

 

आफु स्कुल जिवनमै हुँदादेखिनै केहि लेखु लेखुं हुने गरेको अनुभव सुनाउँदै यसपटक कोरोना संक्रमणका कारण भएको लडाउनलाई अर्थपूर्ण रुपमा सदुपयोग गर्न आफुले यो पुस्तक लेखेको उनले सुनाइन् । सबैको माया पाएमा फेरी अर्को पुस्तक पनि लेख्ने उनले प्रतिवद्धता जाहेर गरिन् । लेखकका हजुरआमा गंगादेवी पालिखेको अध्यक्षतामा भएको कार्यक्रम सञ्चारकर्मी गिता रानाले सञ्चालन गरेकि थिइन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...