आमहड्तालको उपत्यकामा न्युन प्रभाव

काठमाडौं, २२ माघ–नेकपा प्रचण्ड–माधव समूहले गरेको आमहड्तालको उपत्यकामा न्युन प्रभाव परेको छ ।  बन्दलाई सफल बनाउन भन्दै प्रचण्ड आफै कोटेश्वरमा सहभागि हुनुभएको छ । तर कार्यकर्ताको संख्या भने न्युन देखिएको छ ।

सडकमा बन्दकर्ताको खासै सहभागिता नभए पनि माओवादीको हिजोको हिस्रंक छवीका कारण बन्दको प्रभाव केही देखिएको सर्वसाधरण बताउँछन् । बिहान केही कम गाडी चलेका भए पनि विस्तारै बढ्ने क्रममा रहेको प्रहरीले जनाएको छ। बिहानै काठमाडौंको सामाखुसीमा बन्दकर्ताले एउटा ट्याक्सीमा आगजनी गरेको बताउँदै प्रहरी वरिष्ठ उपरीक्षक कुँवरले अन्य अप्रिय घटना अहिलेसम्म नभएको बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...