महिला उद्यमशीलताको लागि लगानी आवश्यक’

पोखरा, माघ २५ गते । महिला उद्यमशीलताको लागि परिवार र सरकार दुबैले सघाउनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले महिलाहरुलाई उद्यमशील बनाउन तालीम, भ्रमण र गोष्ठीसँगै उत्पादनको बजारीकरण पयिन आवश्यक भएको औंल्याएका छन् ।
पर्वत उद्योग वाणिज्य संघको महिला उद्यमीहरुको सम्मानमा पोखरा उद्योग वाणिज्य संघले शनिबार आयोजना गरेको अन्तरक्रियामा बोल्दै महिला उद्यमीहरुले सो धारणा राखेका हुन् ।


कार्यक्रमका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघमा महासचिव सुरेन्द्रमान बिजुक्छेले भ्रमण टोलीको स्वागत गर्दैे उत्पादनको बजारीकरणको लागि प्याकेजिङ र ब्राण्डिङ गतिलो हुनुपर्ने पनि बताए । भ्रमण टोलीकी संयोजक तथा पर्वत उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिका संयोजक माया गिरीले महिलाहरुको उद्यमशीलता विकासको लागि भ्रमण कार्यक्रम आयोजना गरिएको बताइन् ।

उनले कोभिड–१९ ले निम्त्याएको संकटको बेलामा पनि महिलाहरुलाई माक्स, तितौरा, अचार उत्पादनमा लाग्न प्रेरित गरिएको प्रसंग झिक्दै व्यवसाय सानो–ठूलो नहुने धारणा राखिन् । पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव केशवबहादुर खत्रीबाट संचालित कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै संघको महिला विकास उपसमिति संयोजक कुमारी मुना बास्तोलाले उद्यमशीलताको लागि लगन र लगानी दुबै आवश्यक पर्ने बताइन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...