माघ ३० गते नयाँ पुस्तक काेग्ले सार्वजनिक हुने

सांग्रीला बुक्सबाट प्रकाशित प्रेमबहादुर बोहराको संस्मरणात्मक कृति कोग्लेको विमोचन माघ ३० गते १ बजे भृकुटी मण्डप पुस्तक प्रदर्शनी स्थलमा हुने भएको छ ।


सार संक्षेपमा कोग्लेः

बिहानीको घामको किरणसँगै बिलाएर जाने शीतको थोपा जस्तै म समय र संयोगले बादल बनी उड्न पाएँ । उडानसँगै चिहाएको संसारले हर्षविभोर बनायो तर त्यहाँ मैले आफूलाई पाइन । आफ्नो अस्तित्व खोजको सङ्घर्षले बाँकी बिलाएका शीतका थोपाको अवशेषहरू पनि दृष्टिमा परे । तिनको जीवनबारे मनमा चिन्ता पसे । आफै र हरेक उदाउँदा शीतका थोपाको अस्तित्वको लागि बादलबाट वर्षिएर मेरो थात थलोमा पाईला टेकेँ । यो यात्राका केही अंश उतारचढाव, यो पुस्तकमा ।
….
बोहराको संस्मरणात्मक कृति कोग्ले भित्र उनी हुर्कदै जाँदा बाल्यकालका रमाईला किस्सा, स्कुल पढ्नका लागि संघर्ष, एस.एल.सीपछि शहरमा रुमलिएकोमात्र होइन, शहरबाट हेर्दा देखिएको कर्णालीको चित्र र त्यो भित्रपनि उनले चिहाएको संसार र अर्थाएको कर्णाली पनि छ । आफु, आफ्नो ठाउँ र आफु वरीपरीको कुराहरुलाई हेर्ने दृष्टि अर्थात नजरमा परिवर्तन ल्याउँदा कति फरक पर्दोरहेछ भन्ने थाहा अर्थात अनुभूतिको कथा हो । यो बाल्यकालमा उनले नपाएको अवसरको धोको फेर्न गरिएको प्रयासको कथा र भविष्यमा डोल्पा कस्तो हुन सक्छ भनि देखेको सपनाको दस्तावेज पनि हो ।

लेखकका बारेः
डोल्पाको माझफालमा जन्मिएका प्रेमबहादुर बोहरा सामाजिक अभियन्ता हुन् । सन् २००८ देखि सामाजिक काममा संलग्न छन् । शिक्षा नेपालका संस्थापक, एक किताब, होप र समुन्नत कर्णाली अभियानका अभियन्ता उनी कर्णाली समाजका अध्यक्षसमेत हुन् । उनी पछिल्लो समय राजनीतिमा सक्रिय छन् । कोग्ले उनको पहिलो संस्मरणात्मक कृति हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...