वालिङमा थपियो १ करोड लागतमां ‘फुटसल सेन्टर’

स्याङ्जा, माघ २५ गते ।स्याङ्जाको तल्लो वालिङमा ४ युवा खेलाडीहरुको संयुक्त १ करोड लागतमा ‘वालिङ फुटसल’ सञ्चालनमा आएको छ ।
पछिल्लो समय युवा पुस्तामा लोकप्रिय बन्दै गएको फुटबलको सानो रुप फुटसलको क्रेज बढेसँगै स्याङ्जाको वालिङ नगरपालिका वडा ९ तल्लो वालिङमा शुक्रबार देखी औपचारिक रुपमा फुटसल सेन्टर सञ्चालनमा ल्याईएको हो ।


वालिङ नगरपालिकाका प्रमुख दिलिप प्रताप खाँडले अन्र्तराष्ट्रिय मापडण्ड अनुसार निर्मित सो ‘फाईभ ए साईड फुटसल सेन्टरको विधिवत उद्घाटन गरे ।सो अवसरमा बोल्दै नगर प्रमुख खाँडले स्वास्थ्यको पक्षमा फुटसलले सकरात्मक भुमिका खेल्ने बताए । उनले यसअघि वालिङ बजारमा एक वटा मात्रै फुटसल सेन्टर सञ्चालनमा रहेको बताउदै नयां ‘वालिङ फुटसल’ थपिनुले युवाहरुको माझमा फुटसलको क्रेज बढ्दै गएको स्पष्ट हुने धारणा राखे ।

मेयर खाँडले उक्त फुटसलले खेलाडी उत्पादनमा ठुलो टेवा पुर्याउने उल्लेख गर्दै हरेक व्यक्तिलाई स्वस्थ्य तथा तन्दुरुस्त राख्न मद्दत पुर्याउने बताए । ‘आजबाट सञ्चालनमा आएको यो फुटसलले खेलाडीलाई मात्रै होईन अन्य व्यक्तिलाई समेत फाईदा पुर्याउछ, उनले भने, ‘एउटा फुटसलले अस्पतालको करिब ५० बेडको सेवा दिन्छ । किनभने यसले मानिसलाई स्वस्थ्य राख्दछ । बिरामी हुनै दिदैन ।’

मेयर खाँडले फुटबल जस्तै अन्य खेलकुदले युवा जमातलाई समाजमा हुने विकृति र विसङ्गतीबाट टाढै रहन समेत मद्दत पुर्याने बताउदै फुटसल सञ्चालन गरिनु सामाजिक कार्य समेत रहेको धारणा राखेका थिए ।वालिङ बजारमा दोस्रो फुटसल सेन्टरको रुपमा सञ्चालनमा आएको उक्त फुटसल साढे तीन रोपनी जग्गामा फैलिएको बताउदै अन्र्तराष्ट्रिय मापडण्ड अनुसार नै निर्माण गरिएको सञ्चालक सोम बहादुर मल्ल (विमल) ले बताए । उनका अनुसार उक्त फुटसलका प्रशस्त पार्किङ, क्यान्टिन, स्पोर्टस् पसल तथा राती खेल्न मिल्ने गरि यथेस्ट फग लाईट जडान गरिएको छ ।

उनले फुटबल क्षेत्रमा करिअर बनाउन चाहने वालिङ लगायत आसपासका खेलाडीहरुलाई उक्त फुटसल सेन्टर राम्रो प्लेटफर्म बन्न सक्ने बताए । उनले शुपथ मुल्यमा व्यवसायिक खेल खेलाईने बताउदै प्रतिघण्टा १ हजार ३ सय रुपैया शुल्क निर्धारण गरिएको जानकारी दिए । उक्त फुटसलमा हिमालयन शेर्पाका पुर्व खेलाडी समेत रहेका विमलसँगै अन्दाज थकाली, अनिशमान श्रेष्ठ र विरेन्द्रध्वज मल्लको संयुक्त लगानी रहेको छ ।

पूर्व राष्ट्रिय फुटबल खेलाडी ईश्वर गुरुङ सम्मानित

फुटसल सेन्टरको उद्घाटन समारोहका बिच पूर्व राष्ट्रिय फुटबल खेलाडी ईश्वर गुरुङ सम्मानित भएका छन् । राष्ट्रका लागि खेल्दै आफ्नो जिवन फुटबल क्षेत्रमा सुम्पेका गुरुङलाई अवकाश पछि समेत विभिन्न कार्यक्रम र अभियान मार्फत फुटबल क्षेत्रको विकासमा टेवा पुर्याएको भन्दै वालिङ फुटसल प्रालिले दोसल्ला सहित सम्मान पत्रद्वारा विभुषित भएका हुन् ।

गुरुङसँगै अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य एवम् वालिङ फुटसलका वरिष्ठ सल्लाहकार एलबी ज्वारचन, वालिङ नगरपालिकाका फुटबल प्रशिक्षक दिलिप थापा सम्मानित भए । सम्मानित उनीहरुलाई वालिङ नगरपालिकाका प्रमुख दीलिप प्रताप खाँड तथा उपप्रमुख कल्पना तिवारीले सम्मान अर्पण गरेका थिए ।

फुटसलका सञ्चालक विमलको सभापतित्वमा सम्पन्न कार्यक्रममा अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य एवम् फुटसलका वरिष्ठ सल्लाहकार एलबी ज्वारचनले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सहारा क्लब युकेका महासचिव तथा बगरभाईखलक पोखराका युके प्रतिनिधि धनु पुरन थकालीले कार्यक्रम सञ्चालन गरेका थिए ।

मैत्रीपूर्ण फुटसलमा ‘वालिङ भेट्रान्स’ विजयी

फुटसलको औपचारिक उद्घाटन समारोह पश्चात बगर भाईखलक पोखरा र वालिङ भेट्रान्स बिच सम्पन्न भएको मैत्रीपूर्ण खेलमा वालिङ भेट्रान्स विजयी बन्यो ।

निर्धारित ५ क्वाटरको (७५ मिनेट) खेलमा दुवै टिमबाट १०–१० गोलको बराबरी भएपछि ट्राईबेकरमा ३¬–२ गोल अन्तरले बगर भाईखलकलाई पराजित गरेको थियो । अन्तिर चार क्वाटरसम्म भने बगर भाईखलकले वालिङ भेट्रान्सलाई २ गोलले पछि पारेको थियो ।

 

तर अन्तिम क्वाटरसम्म खेललाई रोक्न नसक्दा जितको नजिता निर्धारण गर्न खेल ट्राईबेकरमा ढकेलिएको थियो । मैत्रीपूर्ण खेल खेल्न बगर भाईखलकका कोषाध्यक्ष रमेश श्रेष्ठ तथा विजया गुरुङ लगायतको टोली वालिङ पुगेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...