सुमन र जेबिकाले जिते नेपाल गोल्डेन आइडलको उपाधि

पोखरा, माघ २६ गते । ललितपुरका सुमन लामा घिसिङ र दाङकी जेबिका रेउलेले सातौँ संस्करणको नेपाल गोल्डेन आइडलको उपाधि चुमेका छन् । पोखरामा भएको अन्तिम प्रतिष्पर्धामा सुमनले गायनतर्फको र जेबिकाले नृत्यतर्फको उपाधि चुमेका हुन् ।


प्रतियोगीतामा गायन तर्फ संखुवासभाका मदन लिम्बु फस्ट रनर्सअप र खोटाङका किस्मत चाम्लिङ राई सेकेन्ड रर्नसअप बने । नृत्यतर्फ कैलालीकी नेहारिका बोहोरा फस्ट रर्नसअप, बाँकेकी मनिषा परियार सेकेन्ड रनर्सअप र काठमाण्डौकी आकृती पोखरेल थर्ड रर्नसअप घोषित भए ।गायनतर्फका ४ जना र नृत्यतर्फका पाँच जना बिच अन्तिम प्रतिष्पर्धा भएको थियो । फाइनल पुग्नेमा गायनतर्फ काठमाण्डौँकी सुजिता योञ्जन र नृत्यतर्फ झापाकी स्वस्तिका काफ्ले समेत पुगेका थिए ।

प्रतियोगीताको निर्णायकमा गायक तथा संगीतकार रामभक्त जोजीजु, विनोद वानिया, गुरुङ फिल्मकी निर्देशक जसु गुरुङ, कोरियोग्रफर निरुता गुरुङ र छेटौ संस्करणको विजेता सेविका कोइराला रहेका थिए ।विजेतलाई गण्डकी प्रदेशका सासंद राजिव गुरुङ (दीपक मनाङ्गे), जिल्ला समन्वय समिति कास्कीका समन्वय अधिकारी नवराज बराल, गुरुङ फिल्मका कलाकार ताराबहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरे ।

गायन तथा नृत्यमा गरी यो प्रतियोगीताका लागि देशका विभिन्न ११ स्थानमा अडिसन भएको थियो । अडिसनमा गायन र नृत्यतर्फ गरेर ४ हजार ७ सय जना सहभागी भएको आयोजक गोल्डेन स्टार मल्टिमिडियाका निर्देशक सरन गुरुङले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...