सरस्वती पुजा एवं भजन गायन कार्यक्रम सम्पन्न

पोखरा, फागुन ४ गते । नेपाल शास्त्रीय संगीत समाज, गण्डकी प्रदेश र संगीत प्रशिक्षण केन्द्र, पोखराको संयुक्त आयोजनामा बसन्त पञ्चमीको अवसरमा “सरस्वती पुजा एवं भजन गायन २०७७” कार्यक्रम बिन्ध्यवासिनी स्थित संगीत प्रशिक्षण केन्द्रको सभाहलमा सम्पन्न भएको छ ।

समाजका गण्डकी प्रदेश संयोजक तथा केन्द्रका द्वितिय उपाध्यक्ष वरिष्ठ तबलाबादक श्यामलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा साहित्यकार, पोखरेली युवा सांस्कृतिक परिवारका सचिव डा। चैतन्य अधिकारि प्रमुख अतिथि रहनुभएको थियो ।झण्डै दुइ घण्टा औपचारिक रुपमा संचालन भएको कार्यक्रममा सरस्वती पुजन संगै बिभिन्न भजन प्रस्तुति र शास्त्रीय राग गायन समेत प्रस्तुत गरिएको थियो ।

 

संगीत प्रशिक्षणका प्रशिक्षार्थीहरुले सामुहिक सरस्वति बन्दना गाएर उपस्थित सबैलाइ स्वागत गरे भने सनम नेपालि, एम।डि काफ्ले,प्रशान्ति राइ, प्रकृति राइ,टिना गुरुङ, शिवानि थापा,संतोष पराजुली, श्यामलाल श्रेष्ठले भजन र मन थापा,गोमा घिमिरेले राग गायन प्रस्तुत गर्नुभएको थियो । बाद्यबादनमा प्रशिक्षक रोम तामाङ,मिलन गिरि,निर्मल राइ,खेम लामा लगायतले साथ दिनुभएको थियो ।

 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा।अधिकारिले अन्य ज्ञान जस्तै संगीत सर्वव्यापी भएकोले एसको पहिचान र रसस्वादनमा साधनारत रहन शुभकामना सहित यस क्षेत्रमा योगदान पुर्याइरहेको संस्था संगीत प्रशिक्षण केन्द्रको श्रीवृद्धिको लागि ब्यक्तिगत रुपमा रु दश हजार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

समापन घोषणा सहित आफ्नो भजन प्रस्तुति राख्नुभएका संगीतकार श्यामलाल श्रेष्ठले “धैर्यता र अनुशासनसहितको संगीत साधना“को लागि अनुरोध गर्दै संगीत प्रशिक्षण केन्द्र पोखराकै संगीत सम्बद्द अग्रणि संस्था भएकोले आगामि दिनमा समेत नेपाल शास्त्रीय संगीत समाज,गण्डकि प्रदेशले यसैगरि कार्यक्रमहरुमा समन्वय गरिरहने बताउनु भयो ।कार्यक्रमको संचालान केन्द्रका महासचिव एम।डि काफ्लेले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...